Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति


काठमाडौं । कञ्चनपुर कमला सडक खण्डको स्तरोन्नतिको कार्यको प्रगति सुस्त देखिएको छ । ठेक्का सम्झौता अनुसार स्तरोन्नतिको काम सम्पन्न हुने बेलामा एकतिहाइभन्दा न्यून भौतिक प्रगति छ । अहिलेसम्म ३० दशमलव ८३ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यो लक्षित उपलब्धीभन्दा धेरै नै न्यून हो ।

गत आर्थिक वर्षमा कति काम भयो ?

आर्थिक वर्ष २०७९/८० मा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने, ३१ वटा मूख्य पुल निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, आवको अन्त्यमा ८७ वटा कल्भर्ट मात्र निर्माण सम्पन्न भएका छन् । त्यस्तै, ४२ वटा पुल निर्माणाधीन रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । त्यस्तै, कालोपत्रेका लागि २६ दशमलव ५ किलोमिटर सबबेस र ६ दशमलव ५ किलोमिटर बेस निर्माण गर्ने काम पनि सम्पन्न भएको छ ।

तर, कालोपत्रे गर्ने जुन लक्ष्य राखिएको थियो, त्यो पूरा हुन सकेको छैन । त्यस्तै, लक्ष्यको ३२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति अझ नाजुक छ । वित्तीय प्रगति २६ दशमलव ७० प्रतिशत भएको छ । गत आवको लागि ७ अर्ब ७४ करोड रुपैयाँ विनियोज गरिएकोमा २ अर्ब ६ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ ।

आयोजनाको अवधी, शुरु र सम्पन्न मिति

सडकको नाम : कञ्चनपुर कमला सडक योजना
योजना शुरु (सम्झौता) मिति : २९ अक्टोबर २०२०
योजना सम्पन्न हुने मिति ( निर्माण अवधी) : २८ अक्टोबर २०२३
ठेक्का संख्या : २ वटा
आयोजनाको लक्ष्य : ८६.८३ किलोमिटर (सडक निर्माण तथा स्तरोन्नति)
योजनाको कुल लागत : १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँ (भ्याटसहित)
गर्नुपर्ने कामहरु : ८६. ८३ किलोमिटर सडक कालोपत्रे, २२९ वटा कल्भर्ट, ५४ वटा मूख्य पुल निर्माण

चालु आबको बजेट र लक्ष्य

चालु आर्थिक वर्ष २०८०/८१ मा आयोजनाको पूर्व खण्डको लागि ४ अर्ब ३४ करोड १५ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पश्चिम खण्डको लागि ३ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष ८६ दशमलव ८३ किलोमिटर कालोपत्रे गर्ने, २५ वटा कल्भर्ट सम्पन्न गर्ने र ५४ वटा मूख्य पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा के समस्या छन ?

कञ्चनपुर कमला सडक योजनामा निर्माण व्यवसायीको कमजोरी देखिएको छ । आयोजना कार्यालयका अनुसार निर्माण व्यवसायीको स्रोत तथा साधन परिचालनमा ढिलाई तथा कमजोर व्यवस्थापन रहेको छ । यसले पनि प्रगति अपेक्षित हुन सकेको छैन् । यो समस्या समाधानको लागि निर्माण व्यवसायीको स्रोत तथा साधन परिचालनमा ढिलाइ तथा कमजोर व्यवस्थापनको सम्बन्धमा पटकपटक मौखिक तथा लिखित आदेश मागिएको छ ।

व्यापार र आर्थिक गतिविधी बढाउन एडीबीको सहयोगमा स्तरोन्नति

एशियाली विकास बैंकको ऋण सहयोगमा सासेक राजमार्ग सुधार आयोजनाअन्तर्गत कञ्चनपुर कमला सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । करिब ८६ दशमलव ८३ किलोमिटर सडकले देशको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा छ ।

नेपालको पूर्बी भागहरुको कम विकसित क्षेत्रहरुमा व्यापार करिडोर विस्तारमा ठूलो सहयोग पुर्याउनेछ । नेपालभित्र र छिमेकी देशसँगको यातायात सम्पर्कमा समेत वृद्धि हुनेछ । यसको परिणाम सडक यातायात प्रणालीमा सुधार हुनेछ । कञ्चनपुर कमला सडक विस्तारअन्तर्गत सप्तरी र सिरहा जिल्लाभित्रको क्षेत्रमा पुनस्र्थापना र स्तरोन्नतिको काम भइरहेको छ ।

यस आयोजनालाई हेर्ने गरी २ वटा योजना कार्यालय रहेका छन् । तिनलाई पूर्बी खण्ड र पश्चित खण्ड हेर्ने गरी छुट्याएको छ । पूर्बी खण्डअन्तर्गत सडक खण्डको शुरु बिन्दु सप्तरी जिल्लाको कञ्चनपुर र अन्तिम बिन्दु सप्तरी जिल्लाकै कुशाहासम्म रहेको छ ।

यो खण्डको कार्य क्षेत्र ३९ दशमलव ४२ किलोमिटर रहेको छ । त्यस्तै, पश्चिम खण्डअन्तर्गत सडक खण्डको शुरु बिन्दु सप्तरी जिल्लाको कशाहा र अन्तिम बिन्दु सिरहा जिल्लाको कमला नदी रहेको छ । यस खण्डको कुल लम्बाई ४७ दशमलब ४१ किलोमिटर रहेको छ ।


Read Previous

चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार

Read Next

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

Leave a Reply

Your email address will not be published.