Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

स्मार्ट कार्ड मास प्रिण्टर आपूर्तिको लागि बोलपत्र आह्वान


काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) छाप्न प्रयोग गरिने मास प्रिन्टर आपूर्तिको लागि सोमबार बोलपत्र आब्हान गरेको छ ।

मास प्रिण्टर आपूर्ति बाहेक विभागले तोकेको ठाउँसम्म डेलिभरी, स्थापना, एकीकरण र कमिसनिङ (सञ्चालन) को लागि समेत बोलपत्र आब्हान गरेको हो । विभागले योग्य बोलपत्रदाताहरूबाट इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको छ ।

मास प्रिण्टर उपलब्ध गराउनको लागि छनौट भइ सम्झौता भएको बोलपत्रदाताले ९० दिनभित्र मास प्रिण्टर उपलब्ध गराइसक्नुपर्नेछ ।

बोलपत्रमा भाग लिनको लागि बढीमा तीन वटा कम्पनीले संयुक्त उपक्रम (ज्वाइण्ट भेञ्चर) गर्न पाउनेछन । अहिले विभागसँग एउटा मास प्रिण्टर छ । थप एउटा मास प्रिण्टरको लागि यो बोलपत्र आब्हान गरेको हो ।

विभागले खरिद गरेको मास प्रिण्टर १० वर्षसम्म सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

यस बोलपत्रमा माग लिनको लागि ई–जीपी प्रणाली सञ्चालन मार्गनिर्देशन २०७४ अनुसार बोलपत्रदाताले आफ्नो बोलपत्र विद्युतीय रूपमा पेश गर्नुपर्नेछ ।
प्रि–बिड बैठक यातायात व्यवस्था विभाग मिनभवन, काठमाडौंमा मंसिर १३ दिउसो १ बजे बस्नेछ ।

विभाग अनुसार विद्युतीय बोलपत्र सार्वजकि खरिद अनुगमन कार्यालय को ई–जीपी प्रणाली मार्फत यातायात व्यवस्था विभागको कार्यालय, मीनभवनमा पेश गर्नुपर्नेछ ।


Read Previous

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा संरचना निर्माण धमाधम

Read Next

५७ वर्षदेखि चुनावी नारामा सीमित धनकुटा विमानस्थल

Leave a Reply

Your email address will not be published.