Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

‘निफ्रा’ले चालू वर्षको ३ महिनामा ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमायो


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । निफ्राले साउनदेखि असोजसम्मको अवधिमा यति नाफा आर्जन गरेको हो ।

निफ्राले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्जन भएको नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ५६.४६ प्रतिशत बढी हो । निफ्राले गत आवको यही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा आर्जन गरेको थियो ।

नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने २९ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको निफ्राले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५८ प्रतिशत अर्थात १० करोड ७९ लाख रुपैयाँ बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राले समीक्षा अवधिमा ६५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा निफ्रासँग नगद वा नगदसरहको सम्पत्ति ३ अर्ब ७९ करोड ५८ लाख १२ हजार रुपैयाँ छ । नेपाल राष्ट्र बैंकमा ३८ करोड ९० लाख ८५ हजार रुपैयाँ मौज्दात छ ।

त्यस्तै, निफ्राले १७ अर्ब ८१ करोड ६ लाख १३ हजार रुपैयाँ कर्जा तथा सापटीकोरूपमा ग्राहकमा प्रवाह गरेको छ । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । कूल सम्पत्ति २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार रुपैयाँ छ । वित्तीय विवरणअनुसार निफ्राको प्रतिसेयर आम्दानी ७.०१ छ ।

आर्थिक वर्ष २०७७÷७८ को तुलनामा आव २०७८÷७९ मा निफ्रको खुदा मुनाफा २२.१० प्रतिशतले बढेर १ अर्ब २ करोड २५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा निफ्राको सञ्चालन खर्चमा १ सय २६ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।


Read Previous

राप्रपाको घोषणापत्रमा पूर्वाधारका आकर्षक एजेण्डा

Read Next

जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक

Leave a Reply

Your email address will not be published.