Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक


काठमाडौं । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि जलवायु परिवर्तनको असरले गर्दा उत्तिकै जोखिम बढ्दै गएको छ ।

विश्व बैंकले सोमबार सार्वजनिक गरेको नेपाल डेभलप्मेण्ट अपडेट्सका अनुसार प्राकृकित प्रकोपको जोखिम उच्च हुदै जाँदा जलविद्युत आयोजना र ड्याममा असर गर्नेछ । विश्व बैंकले पूर्वाधार आयोजनामा सबैभन्दा ठूलो असर बाढीले गर्ने प्रक्षेपण गरेको छ ।

उच्च लगानीको आवश्यकता

प्रतिवेदनले अहिलेकै अवस्थामा जलविद्युत् विकास गर्दै जाने हो भने सन् २०२२ देखि २०४० सम्ममा ९ दशमलव १ बिलियन अमेरिकी डलर लगानी गर्नुपर्नेछ ।जुन सन् २०१२ देखि २०२१ सम्म नेपालको सरकारी र निजी क्षेत्रले वार्षिक औसतमा गरेको लगानीभन्दा धेरै हो ।

यो अवधिमा निजी र सरकारी क्षेत्रले औसतमा वार्षिक ४२४ मिलियन अमेरिकी डलर बराबर रहेको छ । जबकि २०२२ देखि २०४० सम्मको लागि वार्षिक औसतमा ४८२ मिलियन अमेरिकी डलर लगानी गर्नुपर्नेछ ।

विद्युत् निर्यातले दशमलव ५ प्रतिशत बिन्दुले अर्थतन्त्र वृद्धिमा सहयोगी

विश्व बैंकले विद्युत् निर्यात गरेर हुने आम्दानीले देशको अर्थतन्त्रलाई वृद्धि गर्नमा टेवा पुग्ने प्रतिवेदनमा उल्लेख गरेको छ । बैंकले दशमलव ५ प्रतिशत विन्दुले कुल ग्रार्हस्थ्य उत्पादनमा टेवा पुर्याउनेछ । यो सन् २०३० सम्मको प्रक्षेपण हो । यसले मुलत व्यापार घाटालाई सुधार गर्नमा सहयोगी हुनेछ ।


Read Previous

‘निफ्रा’ले चालू वर्षको ३ महिनामा ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमायो

Read Next

एकीकृत समाजवादीको घोषणापत्र: २ सय युनिट विद्युत खपत गर्नेलाई महसुल छुट

Leave a Reply

Your email address will not be published.