काठमाडौं । लगानी बोर्ड नेपालले ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजनाको सर्भे लाइसेन्स जारी गरेको छ ।
बोर्डले आयोजना निर्माण कम्पनी हिमताल जलविद्युत कम्पनीलाई सर्वेको लागि आइतबार अनुमति दिएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तोकिएकै समयमा बुझाउन कम्पनीलाई आग्रह गरेका छन् । बोर्ड र कम्पनीबीच २०२२ अगष्ट ३१ मा समझादारी पत्रमा हस्ताक्षर गरेको थियो ।