Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पर्वतीय उडानमा आकर्षण बढ्दो


काठमाडाैं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ ।

अनुपम प्राकृतिक सुन्दरता भू-धरातलीय स्वरुपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ । पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ का लागि अहिले उपयुक्त मौसम पनि हो । यो सिजनमा पर्वतीय उडान बढी हुन्छ । पर्यटकीय सिजन चलिरहेको र मौसमले पनि साथ दिएकाले अहिले पर्वतीय उडान उत्साहवर्द्धकरूपमा चलिरहेको एयरलाइन्सले जनाएका छन् ।

निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवर्द्धकरूपमा चलिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । “पर्वतीय उडान ह्वात्तै बढेको छ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ, योक्रम बढ्ने विश्वासमा छौँ”, उनले भने ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यो सिजनमा पर्वतीय उडानमा आकर्षण बढेको बताए । उनले भने,“मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र जाडो मौसममा बादल कम हुने र निलो आकाशमुनि हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।”

बुद्ध एयरले शनिबार मात्रै चार वटा पर्वतीय उडान गरेको छ । अघिल्लो शनिबार आठ उडान गरेको थियो । यती एयरलाइन्सले दैनिक दुईभन्दा बढी उडान गरिरहेको छ । पर्वतीय उडान हरेक दिन हुन्छ । अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनाका लागि उपयुक्त मौसम हो । बादल खुलेकाले हिमाल स्पष्टरूपमा देख्न सकिन्छ ।

मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ । हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको विजनेश राम्रो भएको छ ।

पर्यटकीय सिजनमा अहिले गन्तव्य आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ रहेको होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । “यो सिजनमा आन्तरिक पर्यटन एकदमै राम्रो छ, अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ” उनले भने ।

सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न पर्यटक औधी रुचाउँछन् ।

सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको हो । पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा गन्तव्यमा गएका छन् । प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा पछिल्ला वर्षमा नेपाली हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।

राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरु हुने यो उडानमा सरगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायी बताउँछन् ।

बुद्ध एयरले पर्वतीय उडानका लागि १५ हजार रुपैयाँ भाडा तोकेको छ । यो मूल्य नेपाली र भारतीयका लाई हो । अन्य मुलुकका विदेशी नागरिकलाई २ सय ३० अमेरिकी डलर ताेकिएकाे छ । यती एयरलाइन्सले पनि प्रति व्यक्ति १५ हजार रुपैयाँ भाडामा पर्वतीय उडान गर्दै आएको छ । अहिले एयरलाइन्सहरूले यात्रुको मागबमोजिम दैनिक पर्वतीय उडान सञ्चालन गर्दै आएका छन् ।

अहिले मौसमले पनि साथ दिएकाले पर्वतीय उडानमा आकर्षण बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनका अनुसार पर्वतीय उडान दैनिकरूपमा सञ्चालन हुँदै आएको छ । यो विमानस्थल भएर अहिले ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । दैनिक दुईतर्फी सरदर १८० उडानमार्फत झण्डै १३ हजार यात्रु आवत-जावत गरिरहेको विमानस्थलले जनाएको छ ।


Read Previous

त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारकाे आवेदन

Read Next

हिमताल कम्पनीलाई माथिल्लो मस्र्याङ्दी–२ को सर्भे लाइसेन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *