Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

विद्युत निर्यात परिमाण बढेसँगै उच्च माग १९ सय मेगावाट माथि


काठमाडौं । चालू वर्षको बर्खामा विद्युतको उच्च माग १९ सय मेगावाटबाट उकालो लागेको छ । भारतीय प्रतिस्पर्धी बजारमा भइरहेको निर्यात तथा आन्तरिक मागमा भएको वृद्धिका कारण विद्युतकाे उच्च माग पनि बढ्दै गएको हो ।

यो उच्च मागमा भारततर्फ निर्यात भइरहेको विद्युत परिमाण पनि जोडिएको छ । नेपालतर्फको उच्च माग १६ सय मेगावाट बढी छ । गत वर्ष यहि अवधिमा विद्युतको उच्च माग करिब १७ सय मेगावाट (बिहारमा निर्यातसहित) हाहारीमा थियो ।

विद्युत उत्पादन, आन्तरिक खपत र निर्यात परिमाणमा भएको वृद्धिले अहिलेको उच्च माग १९ सय मेगावाट माथि नै आउने गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘तराईमा गर्मी बढेको बेला आन्तरिक उच्च माग ह्वात्तै बढिरहेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने,‘निर्यातसहित अन्य दिनको उच्च माग पनि १९ सय मेगावाट माथि नै आउने गरेको छ ।’

उनले विद्युत बढी खपत हुने बिहान र साँझको समयमा भारततर्फ ३६४ मेगावाट नै विद्युत निर्यात नगरिएको बताए । यो वर्ष बर्खामा अहिलेसम्मको उच्च माग १९ सय ८५ मेगावाटसम्म आएको पनि उनले बताए ।

प्राधिकरणका अनुसार गत बुधबारको उच्च माग १९ सय २ मेगावाट मापन गरिएको छ । आन्तरिक उच्च माग १६ सय १७ मेगावाट छ । आन्तरिक बाहेकको उच्च माग भारततर्फ निर्यात भएको विद्युतको हो । यो बेला भारतर्फ २८५ मेगावाट मात्रै विद्युत निर्यात भएको छ ।

प्राधिकरणले गत जेठ २७ गतेबाट नियमितरूपमा ६ जलविद्युत केन्द्रको विद्युत भारततर्फ निर्या गर्दै आइरहेको छ । यो अवधिमा प्राधिकरणले ४ जलविद्युत केन्द्रको बर्खाको थप १११ मेगावाट विद्युत निर्यातको प्रस्ताव पनि भारतसमक्ष गरेको छ ।

बुधबार प्राधिकरणका जलविद्युतगृहबाट १० हजार २ सय ६१ मेगावाट घन्टा विद्युत उत्पादन भएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युतगृहले १२ हजार ८ सय ९२ मेगावाट घन्टा तथा निजी क्षेत्रका जलविद्युतगृहले १८ हजार ५ सय ९१ मेगावाट घन्टा विद्युत प्रसारण प्रणालीमा योगदान गरेका छन् ।

भारततर्फबाट ५२६ मेगावाटघन्टा विद्युत आयात भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । कूल ऊर्जा माग ४२ हजार २ सय ९५ मेगावाट घन्टा छ । २५ मेगावाट घन्टा विद्युत प्रणालीबाट बिच्छेद भएको थियो । योभन्दा अघिल्लो दिन मंगलबारको उच्च माग १९ सय १२ मेगावाट पुगेको थियो ।

बर्खामा गर्मी बढी हुने हुँदा तराईका जिल्लामा बढी विद्युत खपत हुने गरेको छ भने हिउँदमा चाडो बढी हुने उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाको उच्च माग बढी हुने गरेको छ ।


Read Previous

‘नेपाल हरित पूर्वाधारमा जानुको विकल्प छैन’

Read Next

बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग

Leave a Reply

Your email address will not be published.