Nepal Purbadhar

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

एक घण्टामा पूर्ण चार्ज गर्न सक्ने ५१ विद्युत चार्जिङ स्टेसन कहाँ कहाँ रहनेछ ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार उद्घाटन गरेकी छन् ।

आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् । ‘आन्तरिक रुपमा करिब २२ प्रतिशत विद्युत खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युतको प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा देशमा रहन्छ, यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ’, उनले भनिन् ।

विगतमा लोडसेडिङको वेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दै आन्तरिक रुपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए ।

‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ, तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ घिसिङले भने । यसको

हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन उनले आग्रह गरे ।

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरु पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन् ।

नेपाल प्रहरी र सशष्त्र प्रहरी बलद्धारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरुका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभिहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ बीस पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

५१ वटा चार्जिब स्टेसन रहने स्थान, जिल्ला र संख्या यस्ताे छः 

१)  विर्तामोड वसपार्क,  झापा  – २
२) दमक चार्जिब केन्द्र झापा  –२
३) विराटनगर वसपार्क मोरब –१
४)  इनरुवा वसपार्क सुनसरी –१
५)  वेलका चार्जिब केन्द्र उदयपुर –२
६)  प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा सप्तरि  –२

७) हरिऔन रिफ्रेस सेन्टर सर्लाहि – १

८) इलाका प्रहरी कार्यालय, निजगढ वारा – २
९) हेटौडा चार्चिब सेन्टर, रातामाटे मकवानपुर –२
१०) पारस वसपार्क चितवन –२
११) मुग्लिन पुल चितवन –१
१२) इलाका प्रहरी कार्यालय, खानीखोला धादिब –२
१३) साझा सेवा, वल्खु काठमाडौं –२
१४) साझा यातायात ललितपुर –२
१५) साझा सेवा वनेपा –२
१६) नेपाल पुलिस क्लव काठमाडौं –१
१७) नेपाल विद्युत प्राधिकरण काठमाडौं –१
१८) लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल रुपन्देही –२

१९) इलाका प्रहरी कार्यालय, वर्दघाट नवलपरासी –२
२०) भैरहवा वसपार्क रुपन्देही –१
२१) इलाका प्रहरी कार्यालय, गोरुसिँहे कपिलवस्तु –२
२२) लमही नयाँ वसपार्क दाब –२
२३) नेपाल ए पि अफ स्कुल, कोहलपूर वाके –२
२४) सशस्त्र प्रहरी बल , वैद्यनाथ वाहिनी कैलाली कैलाली– १

२५) नयाँ वसपार्क, सुर्खेत सुर्खेत –२
२६) पर्यटक वसपार्क, पोखरा कास्की –१

२७) लेकसाइड कास्की –१
२८) वसपार्क र हावा घर नुवाकोट –२
२९) सिन्धुलीगढी वसपार्क सिन्धुली –१
३०) खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली– २
३१) इलाका प्रहरी कार्यालय, वर्दिवास महोत्तरी –१
३२) सशस्त्र प्रहरी वल, शैलेश्वरी कन्चनपुर –१

 


Read Previous

ऊर्जा मन्त्रीले गरिन चार्जिङ स्टेशन उद्घाटन, प्रति किलोमिटर कारलाई ७० पैसा र बसलाई १ रुपैयाँ खर्च हुने

Read Next

दुई दशकमा निजी क्षेत्रले जलविद्युतमा मारेको छलाङ

Leave a Reply

Your email address will not be published.