Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

ऊर्जा मन्त्रीले गरिन चार्जिङ स्टेशन उद्घाटन, प्रति किलोमिटर कारलाई ७० पैसा र बसलाई १ रुपैयाँ खर्च हुने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युतीय चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी छन् । सवारी साधनमा विद्युतीय चार्ज गरेर चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् ।

नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय परिसरमा निर्माण गरिएको चार्जिङ स्टेशन शुभारम्भसँगै विद्युत खपत प्रवद्र्धनमा प्रोत्साहन मिल्ने प्राधिकरणको भनाइ छ । विद्युतीय साधन प्रयोगलाई बढवा दिने उदेश्यले देशका प्रमुख सहर तथा राजमार्गमा दु्रत सवारी चार्जिङ स्टेशनहरुको स्थापना गर्ने कामको थालनी भइसकेको छ ।

देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेशन स्थापना गर्ने कार्य भइरहेको छ । त्यसरी स्थापना गर्ने स्टेशनमा २६ वटा ठूलो बस, माइक्रो, ट्रक, पिकअप तथा कारको लागि चार्जर रहनेछन । त्यस्तै, २५ वटा साना ठूला कारहरुको लागि चार्जर स्टेशन रहने छन् ।

चार्ज गर्दा कारहरुमा औसतमा ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ पैसा प्रति किलामिटर खर्च लाग्नेछ ।

चार्ज गर्नको लागि आवश्यक सेवा प्रवाह प्रणालीको विकास गरिसकिएको छ । यस प्रणालीमार्फत उपभोक्ताले अनलाई बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिनेछ ।

 

प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशनको क्षमता ६० किलोवाट डिसी प्लस ६० किलोवाट डिसी प्लस २२ किलोवाट एसी रहेको छ । यसले १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरु चार्ज गर्न सक्छ ।

नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार। कम्तिमा आधा घण्टादेखि १ घण्टासम्ममा पूर्ण चार्ज हुन सक्छ ।


Read Previous

एनएमबि र बीआइआइ बीच साढे २ करोड डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता

Read Next

एक घण्टामा पूर्ण चार्ज गर्न सक्ने ५१ विद्युत चार्जिङ स्टेसन कहाँ कहाँ रहनेछ ?

Leave a Reply

Your email address will not be published.