Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

निगमको मासिक घाटा ४ अर्ब ३२ करोड, आइओसीको बक्यौता तिर्न ऋण


काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका आधारमा दर्जनौं पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि मासिक ४ अर्ब रुपैयाँ नोक्सानी बेहोरिरहेको छ । पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेशन (आइओसी) सँग खरिद गरी आयात गर्दाको लागतभन्दा स्थानीय बजारको बिक्री मूल्य कम हुँदा निगमले घाटा बेहोर्दै आइरहेको हो ।

आयात गर्दाको लागत मूल्यभन्दा बिक्री मूल्य कम भएकाले अहिले पनि १ महिनामा ४ अर्ब ३२ करोड २४ लाख रुपैयाँ घाटा भइरहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । उनले निगमको गत असार २० गते कायम भएको पेट्रोलियम पदार्थको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ, डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५८२.४० रुपैयाँ घाटा छ ।

मट्टीतेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने थोरै नाफा छ । उनले मट्टीतेलमा प्रतिलिटर ३.०३ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३०.५६ रुपैयाँ नाफा रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ७३.९६ अमेरिकी डलर नाफा रहेको छ ।

पछिल्लो पटक गरिएको मूल्य समायोजन अनुसार पेट्रोलको भाउ प्रतिलिटर १८१ रुपैयाँ छ । भारतको बरौनीमा खरिद गर्दा १९५.१९ रुपैयाँ तिरिएको पेट्रोललाई स्थानीय बजारमा १८१ रुपैयाँमा बिक्री गर्दा घाटा बेहोर्नु परेको निगमले जनाएको छ ।

यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य १७२ रुपैयाँ छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँ तोकिएको छ । निगमलाई पेट्रोलबाट १५ दिनमा ४० करोड ७४ लाख रुपैयाँ घाटा भइरहेको छ ।

डिजेलमा १ अर्ब ३२ करोड ६ लाख रुपैयाँ घाटा छ । मट्टीतेलमा १५ दिनमा १८ लाख रुपैयाँ नाफा देखिन्छ । आन्तरिक हवाई इन्धनमा ७ करोड १९ लाख रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा २६ करोड ७१ लाख रुपैयाँ नाफा छ ।

सबैभन्दा बढी खाना पकाउने ग्यासमा १५ दिनमा ७७ करोड ४० लाख रुपैयाँ घाटा निगमलाई छ । १५ दिनमा पेट्रोलियम आयात गर्दाको समग्र घाटा २ अर्ब १६ करोड १२ लाख रुपैयाँ पुग्ने गरेको थानीले बताए ।

विस्तारै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न सुरु गरेको छ । तर, निगमले संचित नोक्सानी धेरै भइसकेको भन्दै आन्तरिक बजारमा मूल्य घटाएर समायोजन गर्न सकेको छैन । आइओसीले गत असार ३२ गते घटेकाे मूल्य सूची पढाए पनि निगमले आन्तरिक बजारमा मूल्य समायाेजन गरेन ।

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न सुरु गरेको संकेत देखिएको छ,’ उनले भने, ‘निगमको संचित नोक्सानी धेरै माथि पुगिसकेकाले नागरिकलाई राहत पुग्ने गरी तत्कालै मूल्य घटाउन सकेका छैनौं ।’ यो वर्ष रसिया–युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाललाई पनि पर्न गएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेका कारण त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पनि परेको छ । अत्याधिक मूल्य बढेका बेला नेपालमा पेट्रल प्रतिलिटर १९९ रुपैयाँसम्म पुगेको थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो । पेट्रोलिय आयात गरेर आन्तरिक माग व्यवस्थापन गर्दा निगमको वित्तीय स्वास्थ्य बिग्रिएको छ ।

अहिले पेट्रोलिय पदार्थ आयात गरेर आन्तरिक बजारमा बिक्री वितरण गर्न निगमसँग पर्याप्त पैसा छैन । सरकारले हालै आइओसीको बक्यौता तिर्न निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको छ । निगमलाई ऋण तिर्न ५ वर्षको समय सीमा तोकेर रकम उपलब्ध गराउने निर्णय गत असार ३१ गतेको मन्त्रीपरिषद बैठकले गरेको थियो । राष्ट्रिय बाणिज्य बैंकसँग पनि ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया निगमले अघि बढाएको छ ।


Read Previous

सुनकोशी तेस्रो निर्माणमा स्थानीय उत्साह र राजनीतिक दलको प्रतिवद्धता

Read Next

६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने

Leave a Reply

Your email address will not be published.