Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

१४ वर्षमा बनेको पम्प स्टोरेज आयोजना, युरोपको ग्रिड स्थिर राख्न मद्दत पुग्ने


काठमाडौं । युरोपियन देश स्वीट्जरल्याण्डले ९ सय मेगावाटको पम्प स्टोरेज जलविदुत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्वीट्जरल्याण्डको भालाइसमा निर्माण गरिएको नान्ट डे ड्रान्स पम्प स्टोरेज जलविद्युत आयोजना यसै साता सञ्चालनमा आएको हो ।

यो पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउन १४ वर्षको लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । सन् २००८ मा यो पम्प स्टोरेज जलविद्युत आयोजनाको निर्माण सुरु गरिएको थियो ।

नान्ट डे ड्रान्स सा प्रवद्र्धक रहेको यो पम्प स्टोरेज जलविद्युत आयोजनामा अलपिकको ३९ प्रतिशत, एसएफआरको ३६ प्रतिशत, आइडब्ल्युबीको १५ प्रतिशत र एफएमभीको १० प्रतिशत सेयर स्वामित्त्व छ ।

यो पम्प स्टोरेज जलविद्युत आयोजनाको आगामी सेप्टेम्बर महिनामा मात्रै औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । यो आयोजनाले उत्पादन गर्ने विद्युतले स्वीट्जरल्याण्डसहित समग्र युरोपको प्रसारण ग्रिडलाई स्थितर र गुणस्तरीय राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै, यो आयोजना स्वीट्जरल्याण्डको ऊर्जा सुरक्षाका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।

फिनहौटमा निर्माण गरिएको यो पम्प स्टोरेज जलविद्युत आयोजनाको विद्युतगृह जमिनबाट ६ सय मिटर तल निर्माण गरिएको छ । इमोसोन र भिउक्स इमोसोन जलाशयको बीचमा भूमिगत विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह सञ्चालनका लागि यी जलाशयको पानी उपयोग गरिनेछ ।

विद्युतगृह १ सय ५० मेगावाट क्षमताका ६ वटा पम्प टर्बाइनहरू जडान गरिएको छ । पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण अवधिभर साढे ६ सय मानिसले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् । करिब ६० वटा कम्पनी यो पम्प स्टोरेज जलविद्युत आयोजनामा संलग्न भई काम गरेका छन् ।

विद्युत उत्पादन भएपछिको पानी तल्लो जलाशयमा छोडिन्छ । विद्युत माग कम हुने रातको समयमा तल्लो जलाशयको पानी फेरि पम्प गरी माथिल्लो जलाशयमा लगिन्छ र विद्युत उत्पादन गरिन्छ ।

सुरुवातमा ६ सय मेगावाटमा निर्माण थालिएको पम्प स्टोरेज जलविद्युत आयोजनाको सन् २०११ म क्षमता विस्तार गरेर ९ सय मेगावाटमा स्तरोन्नति गरिएको थियो । कोइलामा आधारित थर्मल प्लान्ट तथा आणविक भट्टीको विकल्पमा गइरहेको युरोपका लागि यो पम्प स्टोरेज जलविद्युत आयोजनाले विद्युतको ठूलो माग धान्नेछ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद


Read Previous

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

Read Next

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

Leave a Reply

Your email address will not be published.