Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा


काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

आफूमाथि लागेको आरोपको छानविनमा मार्गप्रशस्त गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

अर्थमन्त्री शर्मामाथि आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तयारीमा मन्त्रालयभित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप छ । अनधिकृत रुपमा प्रवेश गरेको व्यक्तिले राजश्वका दरलाई निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी परिवर्तन गरेको आरोप लागेको छ ।

त्यस्तै, अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणको रुपमा रहेको सिसीटिभि फुटेज मन्त्रालयकै उच्च अधिकारीको निर्देशमा डिलिट (मेटिएको) गरिएको आरोप छ ।

संसदमा बोल्दै अर्थमन्त्री शर्माले बजेट निर्माणको समयमा कुनै गल्ती नगरेको दाबी गरे ।

यसअघि संसदले उनीमाथि छानविन गर्नको लागि ११ सदस्यीय विशेष संसदीय समिति गठन गरिसकेको छ । समितिलाई काम गर्न मार्ग प्रशस्त होस भन्ने भनेर राजीनामा दिएको शर्माको भनाइ छ ।


Read Previous

१४ वर्षमा बनेको पम्प स्टोरेज आयोजना, युरोपको ग्रिड स्थिर राख्न मद्दत पुग्ने

Read Next

ठूला पूर्वाधार आयोजनामा सरकारले ७० प्रतिशतसम्म जोखिम बेहोर्ने गरी हेजिङ नियमावली स्वीकृत

Leave a Reply

Your email address will not be published.