Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गरिन् । उनले आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने बताइन् ।

नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत व्यापार सम्झौता गरी अगाडि बढाउन नेपाल इच्छुक रहेकाेमा जाेड दिइन् ।  उनले पञ्चेश्वर जलविद्युत परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

भेटमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने बताए। पछिल्लो एक वर्षमा विद्युत व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्ध भएको उल्लेख गरे । पछिल्लो एक वर्षमा विद्युत व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सर्हानीय भएकाे उनकाे भनाइ छ । आफूले विद्युत उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले थपे, “विद्युत व्यापार दुवै देशका लागि फाइदा जनक विषय हो । यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।”

भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव द्वय बाबुराम भण्डारी र चिरञ्जीवि चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।


Read Previous

पूरा भयो इनरुवा सबस्टेसन,२ सातामा सञ्चालन गर्ने तयारी

Read Next

१४ वर्षमा बनेको पम्प स्टोरेज आयोजना, युरोपको ग्रिड स्थिर राख्न मद्दत पुग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *