Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

पूरा भयो इनरुवा सबस्टेसन,२ सातामा सञ्चालन गर्ने तयारी


काठमाडौं । सुनसरीस्थित २२०/१३३/३३ केभी इनरुवा सबस्टेसन अबको २ सातामा सञ्चालनमा आउने भएको छ । सबस्टेसनको सम्पूर्ण निर्माण कार्य पूरा भइसकेकाले सञ्चालन हुने चरणमा पुगेको हो ।

अहिले सबस्टेसनको आन्तरिक परीक्षण चलिरहेको आयोजना प्रमुख श्याम यादवले बताए । उनका अनुसार सबै परीक्षण सकिएपछि सबस्टेशनलाई लोड दिएर चार्ज गरिनेछ ।

‘लक्ष्यभन्दा केही ढिला भए पनि सबस्टेसन अब सञ्चालनका लागि तयार भएको छ,’ उनले भने, ‘हामीले ३३ केभीमा त चार्ज गरेर हेरिसकेका छौं । अब २२०/१३२ केभीमा सञ्चालन गर्नका लागि परीक्षण चलिरहेको छ ।’ उनले परीक्षणका क्रममा कुनै प्राविधिक समस्या नआएमा सबस्टेसन सञ्चालनमा ल्याउन ढिलाइ नहुने बताए ।

सबस्टेसन सञ्चालनमा आउँदा पूर्व क्षेत्रको प्रसारण प्रणालीको गुणस्तरमा सुधार आउने उनले बताए । प्रसारण तथा वितरण प्रणालीको समस्याका कारण पूर्वका उद्योगहरूले गुणस्तीय विद्युत सेवा पाउन सकिरहेका छैनन् । सबस्टेसन सञ्चालनमा आउँदाभोल्टेलमा पनि सुधार आउनेछ ।

यस्तै, यो सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आउँदा २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड पनि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । यो प्रसारण लाइन अहिले वैकल्पिकरूपमा ३३ केभीमा सञ्चालन गरिएको छ । नयाँ बनेको सबस्टेसन सञ्चालनमा आएपछि कोसी कोरिडोरमा प्रवाह हुने भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युत आयोजनाहरूको विद्युत इनरुवा आइपुग्नेछ ।

इनरुवा सबस्टेसन निर्माण सम्पन्न हुँदा ८५ करोड रुपैयाँ खर्च भएको अनुमान छ । नेपाल विद्युत प्राधिकरणले विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तर्थत यो सबस्टेसन निर्माण गरेको हो । सबस्टेसन निर्माण गर्न गरिएको पहिलो ठेक्का रद्ध गरी दोस्रो पटक २०७५ सालको पुसमा दोस्रो पटक ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो ।

यो सबस्टेसन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारी, बर्खाको बाढीमा भएको डुबानलगायत कारणले केही ढिला गरी निर्माण सम्पन्न भएको छ । यो सबस्टेसन स्वचालित प्रणालीबाट सञ्चालन हुनेछ ।

प्रसारण प्रणालीको गुणस्तर सुधार गर्ने उद्देश्यले इनरुवा–हेटौंडा प्रसारण लाइन आयोजना अन्तर्गत यो सबस्टेसन निर्माण गरिएको हो । यही आयोजना अन्तर्गत हेटौंडामा पनि अर्को सबस्टेसन निर्माणाधीन छ । यो प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा कोसी कोरिडोरमा जोडिने विद्युत हेटौंडासम्म ल्याउन सकिनेछ ।


Read Previous

हाइड्रोजनबाट मल कारखानाको सम्भावना अध्ययन गर्न समिति

Read Next

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

Leave a Reply

Your email address will not be published.