Nepal Purbadhar

सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोडको बजेट, नारैनाराले भरिएको बक्तव्य (पूर्ण पाठसहित)


सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख बजेट सार्वजनिक गरेका छन् ।
कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख अर्थात् ३३.४६ प्रतिशत, पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख अर्थात् ६५.७१ प्रतिशत र अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् ०.८२ प्रतिशत हुने गरी विनियोजनको गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट २ अर्ब, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रू. ९ अर्ब ६० करोड ५१ लाख, संघीय रोयल्टी वाँडफाँट भै प्राप्त हुने रू. ४ करोड ९३ लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्व ७५ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ७ अर्ब ५३ करोड ३७ लाख रहेको छ ।

त्यस्तै, सशर्त अनुदानबाट ६ अर्ब ९८ करोड ८० लाख, संघीय समपुरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ७६ करोड ५० लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ७९ करोड १७८ लाख प्राप्त हुने अनुमान गरेएको छ ।

बजेटले सडक पूर्वाधारमा ५ अर्ब ६० करोड, ऊर्जा सिचाइ र नदी नियन्त्रणमा ४ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । खानेपानी र सरसफाइमा २ अर्ब ३२ करोड छ भने आवास र भवन मा ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्ण पाठसहित: बजेट भाषण २०७९।८० sudurpaschim pradesh

Facebook Comments

Read Previous

गण्डकी प्रदेशको बजेट ३६ अर्ब ९० करोड, जलविद्युतमा वित्तिय लगानी गर्न ३५ करोड (बजेटको पूर्ण पाठसहित)

Read Next

लुम्बिनी प्रदेशको बजेट साढे ४२ अर्ब, स्नाकोत्तर पढ्ने छात्रालाई निःशुल्क विद्युतीय चुल्हो (बजेटको पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar