Nepal Purbadhar

सेनाको नेतृत्वमा चार हिमालबाट ३३ हजार ८ सय किलो फोहोर संकलन


काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको सफा हिमाल अभियान सफलतापूर्वक सम्पन्न भएको छ । तेस्रो संस्करणमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चार हिमालबाट ३३ हजार ८ सय केजीभन्दा बढी फोहोर संकलन भएको छ ।

सेनाले ७ हजार २२७ केजी कुहिने र २६ हजार ६५० केजी नकुहिने फोहोर संकलन गरेको हो । सेनाले रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा हिमाल अभियान थालेको थियो । संकलित फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ ।

सफा हिमाल अभियानकाले प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइका कारण चुनौतीपूर्ण र जोखिमपूर्ण भए पनि अभियानज सफल भएको सेनाको भनाइ छ । कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले फोहोर–मुक्त वातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने दृढता व्यक्त गरिन् । हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि फाउन्डेसनले सदैव सहयोग गरिरहनेछ बताइन् ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु, र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।


Read Previous

ग्रीनजो इनर्जीले हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्ने

Read Next

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष थप, पश्चिम सेतीमा वार्ता अघि बढाइने