Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

ग्रीनजो इनर्जीले हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्ने


काठमाडौं । भारतको दिल्लीस्थित नवीकरणीय ऊर्जाको परामर्शदाता ग्रिनजो इनर्जी कम्पनीले हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्ने भएको छ । कम्पनीले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्न सकिने सम्भावनाबारे चर्चा तथा बहस भइरहेका बेला इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्ने घोषणा गरेको हो ।

२ सय ५० मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योग स्थापना गर्न लागेको कम्पनीका अध्यक्ष सन्दिप अग्रवालले बताए । उनका अनुसार हरित इलेक्ट्रोलाइजर उद्योग स्थापना गर्न ४ अर्ब भारु (६ अर्ब ४० करोड नेरु) लगानी आवश्यक पर्नेछ ।

‘सबैतिर पेट्रोलियम प्रतिस्थापन गर्न हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्नुपर्ने विषय उठिरहेको सुनिन्छ,’ उनले भने, ‘तर, हरित हाइड्रोजन उद्योगका लागि आवश्यक पर्ने इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योगहरू केही देशमा मात्रै सिमित छन् । हरित हाइड्रोजन उद्योगको संख्या बढाउने हो भने इलेक्ट्रोलाइजर उद्योग पनि खुल्नु पर्ने आवश्यकता देखेर हामी लगानीका लागि अगाडि आएका हौं ।’

उनले सन् २०२५ भित्र इलेक्ट्रोलाइजर उद्योगका लागि आवश्यक सबै लगानी आइसक्ने बताए । सबै प्रक्रिया पूरा गरी उद्योग स्थापना गरेर सन् २०२३ को चौथो त्रैमासिकदेखि हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उत्पादन गर्न सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

कार्बन उत्सर्जन न्युनिकरणमा योगदान गर्न नवीकरणीय ऊर्जाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकाको बताउँदै उनले पेट्रोलियम इन्धन प्रतिस्थापन गर्ने हरित हाइड्रोजन उद्योगहरूको स्थापना सहज होस् भनेर इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्न लागेको बताए । उनले भारतमा हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योग सञ्चालन हुँदा छिमेकी देशहरूमा पनि हरित हाइड्रोजन उद्योग स्थापना गर्न सहज हुने बताए ।

इलेक्ट्रोलाइजर उद्योग रहने स्थान टुंगो लगाउन भारत सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए । भारत सरकारले हरित हाइड्रोजन उत्पादनका लागि दिएका विकल्प, प्रोत्साहन र सुविधा पनि खोजिरहेको उनले बताए । अग्रवालले इलेक्ट्रोलाइजर उद्योग स्थापनाका साथै हरित हाइड्रोजन उत्पादन, यसको भण्डार तथा सुरक्षित ढुवानीको योजनामा पनि कम्पनीले काम गरिरहेको बताए ।

‘अहिले ७ वटा देशमा मात्रै हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक पर्ने इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योग छन् भन्ने सुन्नमा आएको छ । अरु देशले अध्ययन मात्रै गरिरहेका रहेछन् । भारत, नेपाल बंगालादेशसम्मको बजारलाई लक्षित गरेर उद्योग स्थापना गर्ने निर्णयमा हामी पुगेका छौं’ उनले भने ।

इलेक्ट्रोलाइजर उद्योग स्थापनापछि क्रमशः हरित हाइड्रोजनको सुरक्षित भण्डारणका लागि ‘हाइ प्रेसर ट्याङ्क उत्पादनमा जाने योजना रहेको कम्पनीले जनाएको छ ।

नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन भएको विद्युतको उपयोग गरी पानीलाई टुक्र्याई अक्सिजन र हाइड्रोजन छुट्याउन इलेक्ट्रोलाइजर उपकरणको आवश्यकता पर्ने गर्दछ । ग्रीनजो इनर्जीले सहायक कुशल ग्रुप कम्पनीमार्फत नेपाल सहित एसियाका विभिन्न देशमा सौर्य विद्युत तथा टेलिकमका आयोजनामा काम गर्दै आएको छ ।

याे कम्पनीले अहिलेसम्म ८७ मेगावाटका २० वटा बढी सौर्य तथा वायु ऊर्जाका विद्युत आयोजनामा काम गरिसकेको छ । ५१ आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।


Read Previous

रुपान्तरणकारी आयोजना निर्माण गर्न दुई छिमेकीसँग समन्वय आवश्यक

Read Next

सेनाको नेतृत्वमा चार हिमालबाट ३३ हजार ८ सय किलो फोहोर संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *