Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

रुपान्तरणकारी आयोजना निर्माण गर्न दुई छिमेकीसँग समन्वय आवश्यक


काठमाडौं । नेपालमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न चीन र भारतसँग पनि समन्वय गर्नुपर्नेमा विज्ञहरुले जोड दिए छन् । भूराजनीतिक व्यवस्थापन र समन्वय नगरी ‘मेगा प्रोजेक्ट’ अगाडी बढ्न नसक्ने पूर्व सचिव किशोर थापाको भनाइ छ ।

नेपाल इञ्जिनियर्स एशोसिएशन, बागमती प्रदेशले आयोजना गरेको ‘वातावरण र पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रमा उनले राष्ट्रिय प्रतिवद्धता मात्र पनि पर्याप्त नभएकोमा जोड दिए । ‘दुई छिमेकीलाई मिलाएर मात्र ठूला आयोजना अघि बढाउन सकिन्छ, नत्र क्रान्तिकारी भाषणले केही हुदैन’ उनले भने । पछिल्लो समय निजगढ विमानस्थल निर्माण प्रक्रिया रोकिनुलाई पनि उनले भुराजनीतिक अवस्थासँग जोडे ।

निजगढ विमानस्थल निर्माण प्रक्रिया (आयोजना चक्र) मा कहिल्यै नछिरेको तर जग्गा प्राप्ति, वन कटानजस्ता विषय मात्र अघि बढेको उनको भनाइ छ । ‘आयोजनाको विस्तृत आयोजना प्रतिवेदन नै अहिलेसम्म बनेको छैन’ उनले भने । यो आयोजनालाई अब राजनीतिक भाषण र छलफलको विषयमात्र बनाउनुभन्दा सरकारले अहिलेको अवस्था (स्टाटस पेपर) वा ह्वाइट पेपर जारी गर्नुपर्नेमा जोड दिए । त्यसपछि मात्र के गर्ने भन्ने विषय अघि बढाउन सकिने पूर्व सचिव थापाको भनाइ छ ।

अन्तक्रियामा वरिष्ठ वातावरण इञ्जिनियर डा. नवराज खतिवडाले निजगढ विमानस्थलको विकल्प भट्टेडाडाँ रहेको बताए । तर, सरकारले त्यसतर्फ विचार नै नगरेको गुनासो गरे । ‘भट्टेडाडाँमा विमानस्थल निर्माण गर्ने हो भने डाडो खारेर सम्याउँदा देशभित्र र निर्यात गर्न समेत आवश्यक ढुंगा गिट्टी निस्कने र त्यो विक्री गरेर आउने राजस्वबाटै विमानस्थल निर्माण गर्न सकिन्छ’ उनले भने । अहिले देशको पहिलो प्राथमिकतामा विकास नभएर संरक्षणको मुद्धा हावी हुँदा पनि समस्या आएको बताए ।

वातावरण कानून समाजका अध्यक्ष पदम बहादुर श्रेष्ठले वातावरण संरक्षण नगरी विकास गर्दा दीर्घकालीन नहुनेमा जोड दिए । ‘विकासलाई बाधा गर्ने कानून भए सरकारले तत्काल परिवर्तन गर्न सक्छ’ उनले भने । निजगढ विमानस्थलबारे सर्बोच्च अदालतले दिएको आदेशको विपरित सरकार अघि बढीरहेको र त्यो कानूनी राजविपरित भएको बताए । सर्बोच्च अदालतले १२ जेठमा निजगढ विमानस्थल निर्माण प्रक्रिया खारेज गरेको थियो । तर, सरकाले १५ जेठमा ल्याएको बजेटमा विमानस्थल निर्माणलाई अघि बढाउने उल्लेख छ ।

कार्यक्रममा नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष हरिवहादुर दर्लामीले वातावरणीय कारण देखाएर पूर्वाधार आयोजना रोकिएका र त्यसलाई प्राविधिक क्षेत्रले तथ्यांकमा आधारित तर्कद्धारा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल इञ्जिनियर्स एशोसिएशन, बागमती प्रदेशका अध्यक्ष राेहिणी पौडेलले वातावरण र पूर्वाधारलाई विपरित विषय बनाउनुभन्दा पनि समन्वय गरेर अघि बढ्न्पर्ने बताए ।


Read Previous

भौतिक विकाससँगै वातावरण संरक्षणमा जिम्मेवार बनौंः खानेपानी मन्त्री

Read Next

ग्रीनजो इनर्जीले हरित हाइड्रोजन इलेक्ट्रोलाइजर उद्योगमा लगानी गर्ने

Leave a Reply

Your email address will not be published.