Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

महंगोमा आयात गरेर सस्तोमा बिक्री गर्दा विद्युत प्राधिकरण टाट पल्टिने अवस्थामा पुग्योः भट्टराई


काठमाण्डौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले भारतबाट बिजुली किन्दा नेपाल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् ।
संसदमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा बुधबारदेखि सुरु भएको छलफलमा बोल्दै उनले भारतबाट महंगो दरमा विद्युत किनेर सस्तो दरमा बिक्री गर्दा प्राधिकरण टाट पल्टने अवस्थामा पुगेको बताएका हुन् ।

‘हामीले मित्र राष्ट्र भारतबाट महंगोमा बिजुली आयात गरिरहेका छौ । र, यो बिजुली सस्तोमा बेचिरहेका छौं ’, उनले भने, ‘यसले विद्युत प्राधिकरणलाई क्रमशः घाटामा लगिरहेकाे छ ।’ उनले महंगोमा किनेको बिजुली सस्ताेमा बिक्री गर्ने अवस्था रहिरहने हाे भने प्राधिकरण टाट पल्टिने बताए । उनले प्राधिकरणलाई टाट पल्टिनबाट जोगाउने विषयमा सिद्धान्त तथा प्राथमिकतामा राख्नु पर्नेमा जाेड दिए ।

पछिल्लो समयमा युक्रेन–रसिया युद्धका कारणले ऊर्जा संकट बढेर भारतमा विद्युतको भाऊ महंगो भएपछि प्राधिकरणले हाल  प्रतियुनिट १२ रुपैयाँ भारतीय रुपैयाँसम्ममा बिजुली आयात गरिरहेको छ । प्राधिकरणले यस अघि केही समयका लागि प्रति युनिट २० भारतीय रुपैयाँमा समेत खरिद  बिजुली खरिद गरेर सस्ताे दरमा बिक्री वितरण गरेकाे थियाे । यहिले भने  भारतीय  बिजुलीको भाऊ घट्ने क्रममा छ ।

सांसद  भट्टराईले अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहररूले नमानेको उल्लेख गर्दै वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताए । उनले सरकारले एमसीसीको विषयलाई अनावश्यक गिजोलेर दातृ निकायको विश्वास गुमाउने काम गरेको आरोप समेत लगाए ।

इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको र यसको वैकल्पिक उपाय सरकारले नअपनाएका कारण नागरिककाे जीवन कष्टकर बन्दै गएको उनले बताए । अहिले ठूला आयोजनाहरूको प्रगति निकै सुस्त भएको भन्दै उनले पर्याप्त ध्यान नदिन नसक्दा देशभित्रै रोजगारीको अभाव भएकाले नागरिक अवसरका लागि विदेशिन बाध्य भएको टिप्पणी गरे ।


Read Previous

विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने

Read Next

जजीरा एयरवेज सञ्चालन नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण

Leave a Reply

Your email address will not be published.