Nepal Purbadhar

जजीरा एयरवेज सञ्चालन नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण


काठमाडौं । कुवेतको अग्रणी एयरलाइन्स जजीरा एयरवेजले मध्य-पुर्व, एसिया र युरोपमा आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव-निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य-पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।

यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा १ जेष्ठबाट उडान सेवा शुरु गरेको हो ।

जजीरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनुले नयाँँ हवाइ रुटमा जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ-नयाँँ गन्तव्यहरु थप्दै गईरहेको बताए । यसले गर्दा कुवेत र मध्य-पुर्वको प्रत्यक्ष धावन माग (डाइरेक्ट रुर्ट) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंह ७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउने बताए । साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ । यो सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपू्र्ण क्षण भएकाे उनको भनाइ छ ।


Read Previous

महंगोमा आयात गरेर सस्तोमा बिक्री गर्दा विद्युत प्राधिकरण टाट पल्टिने अवस्थामा पुग्योः भट्टराई

Read Next

११०० रुपैयाँमै वल्डलिंकको २०० एमबीपीएस इन्टरनेट