Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

१२ हजारले चुमे सगरमाथा, सबैभन्दा धेरै अमेरिकी नागरिक


काठमाडाैं । आगामी २९ मे २०२२ मा सगरमाथामा मानव पाइला टेकेको ६९ वर्ष पुरा हुर्दैछ । सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्बोच्च शिखर सगरमाथाको शिखरमा नेपाली नागरिक तेन्जिङ नार्गे शेर्पा र न्यूजिल्याण्डाका नागरिक सर एडमन्ड हिलारीले पाइला टेक्न सफल भएका थिए । आरोहण गरेको मे २९ लाई नेपाल सरकारले अन्तराष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको छ ।

सन् १९५३ देखि हालसम्म पर्यटन विभागको तथ्याङ हेर्दा करिव १२ हजार भन्दा बढि आरोहीले सगरमाथाको शिखरमा चुम्न सफल भएका छन् । सन् १९५३ देखी २०१६ सम्म ५ हजार ३ सय र सन् २०१६ यता हाल सम्म ७ हजार बढिले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ । जारी सिजन सन् २०२२) का लागि २ बैशाख २०७९ शुक्रबार सम्म २ सय ६२ जनाले आरोहण अनुमति लिएका छन् ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा सगरमाथाको चुचुरोमा पाईला टेक्नेक्रम प्रत्येक वर्ष बढ्दोक्रममा रहेको बताउँछन् । शेर्पाका अनुसार, ६९ वर्षको यो अबधीमा सगरमाथा आरोहणकै क्रममा मृत्यू हुनेको संख्या भने ३ सय २५ पुगेको छ ।

नेपाल पर्यटन विभागको तथ्याङक अनुसार पहिलो महिला आरोही जापानी नागरिक जुनको ताबेइ ले सन् १९७५ मे १६ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन । विभागको तथ्याङक अनुसार सन् १९७५ देखी सन् २०१६ सम्म ३ सय २३ जना महिलाहरुले आरोहण गरेका छन् । प्रथम नेपाली महिला भने पासाङल्हामु शेर्पा हुन् ।

सबैभन्दा बढि आरोहण गर्ने देशको सूचीमा अमेरीकन नागरिकले रहेका छन् ।

हालसम्मकै सबैभन्दा बढी २५ औं पटक सफल आरोहण गर्नेमा पुरुषतर्फ कामीरिता शेर्पा छन् भने महिलातर्फ लाप्पा शेर्पाले गत वर्ष ९ पटक सगरमाथाको गरेर विश्वमा नयाँ कृतिमानी कायम गरेकी छिन् । कामरिताले २६ औ पटक आरोहणको लागि यो सिजनको लागि पनि अनुमति लिएका छन् । अहिले उनी आरोहण गर्ने क्रममा रहेका छन् ।

विदेशीलाई ११ हजार डलर र नेपालीलाई ७५ हजार रुपैयाँ तिर्नुपर्ने

सगरमाथा आरोहणका लागि विदेशीले आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने कानूनी व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपियाँ रोयल्टी तिर्नुपर्छ ।

सगरमाथा आरोहणको थालनी

सन् १८५५ मा नै सगरमाथाको उचाइ ८ हजार ४० मिटर रहेको तथ्य प्राप्त भएपछि सन् त्यही वर्ष आरोहणका लागी बेलायतीहरुले प्रयास थालेका थिए । तर, सगरमाथा आरोहणको पहिलो प्रयास सन् १९२१ मा बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरीको टोलीले गरेको इतिहास छ ।

अंग्रेज टोलीले सन् १९२० मा अनुमति पाएपछि सन् १९२१ मा पहिलो पटक सगरमाथा ओारेहणको लागि उक्लिएको थियो । सन् १९२१-३८को समयमा सगरमाथा आरोहणको लागि दुई पटक प्रयास भएपनि आरोहण दलका डा. एएम कल्लसको मृत्यु भएको थियो । सन् १९५०-५१ मा बेलायती आरोहण दलले र सन् १९५२ मा स्वीस आरोहण दलले नेपाल हुदैं आरोहण प्रयास गरेको भएपनि सफलता हात पार्न सकेनन् ।

यसरी पटक पटकको प्रयासपछि ३० वर्षको अन्तरालमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणको सफलता हात परेको थियो । नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एडमन्ड पर्सिभल हिलारीले सगरमाथा आरोहणमा प्रथम पटक सफलता प्राप्त गरेका थिए । यो ६९ वर्षको अबधिमा सगरमाथा आरोहण गरेर धेरै रेकर्ड दर्ता भएका छन् । सन् १९७५ मे १६ मा महिला आरोहीले सगरमाथा आरोहण गरी जापानी नागरिक जुनको ताबेईले रेकर्ड दर्ता गराएकी थिएन् ।

सगरमाथाको उचाइ ८८४८.८६ मिटर

नेपालले पहिलो पटक आफ्नै साधनस्रोतको उपयोग गरेर सगरमाथाको उचाइ मापन गरेको थियो । नेपाल र चीन सरकारले संयुक्त कार्यक्रम गरी ८,८४८ मिटर रहेको सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको पाइयो । दुवै देशका टोलीले उचाई मापन गरेर २३ मंसिर २०७७ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको सार्वजनिक गरिएको थियो । त्यसअघि सन् १९५४ मा ‘सर्भे अफ इन्डिया’ले सार्वजनिक गरेको ८,८४८ मिटरलाई आधिकारिक मानिदै आएको थियो ।


Read Previous

विद्युतीय कुकरबाट पकाउँदा ६ रुपैयाँ मात्र

Read Next

आइसीटी पहुँचले नागरिककाे जीवनस्तरमा परिवर्तन

Leave a Reply

Your email address will not be published.