Nepal Purbadhar

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

आइसीटी पहुँचले नागरिककाे जीवनस्तरमा परिवर्तन


काठमाडाैं । देशभरमा कूल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड ७० लाख ३५ हजार ८४९ जना पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार २०७८ पुस मसान्तसम्म मोबाइल ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्ने ९०.९० प्रतिशत रहेका छन् । त्यसैगरी फिक्स्ड ब्रोडब्यान्डमार्फत प्रयोग गर्ने ३०.९२ प्रतिशत छन् ।

आठ वर्ष अघिसम्म मुलुकभर ८७ लाख मात्रै रहेका इन्टरनेट प्रयोगकर्ताको संख्या रहेका थिए । तर, अहिले इन्टरनेटको पहुँचमा वृद्धि मात्रै भएको छैन । संख्यात्मक हेर्ने हो भने पनि लगभग चार गुणाभन्दा पनि धेरै वृद्धि भइसकेको छ । नेपाल दुरसञ्चार प्राधिकरण तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ को वार्षिक प्रतिवेदनले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८७ लाख ८२ हजार ९ सय ३६ मात्रै देखाएको थियो । तर, त्यो बेला मुलुकमा करिव दुई करोड ६४ लाख जनसंख्या रहेको थियो । जनसंख्याको आधारमा इन्टरनेट प्रयोगकर्ताको संख्या तुलना गर्दा एक तिहाई अर्थात ३३.१५ प्रतिशतमा मात्रै इन्टरनेटको पहुँच पुगेको देखिन्थ्यो ।

अहिले वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको प्रतिशत ०.७० प्रतिशत रहेको छ । यो तथ्यांकले पनि पछिल्लो समय नेपाली जनताको सूचना प्रविधि अर्थात आईसिटीमा पहुँच ह्वात्तै बढेको देखिन्छ । अहिले सूचना प्रविधि मान्छेको दैनिक जीवनमा पनि अपरिहार्य भइसकेको छ । तर, जमना परिवर्तन भइसकेको छ । अहिले सहरी क्षेत्रमा मात्रै होइन्, मुलुकका केही एकाध स्थानमा बाहेक सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुगिसकेको छ । सन् २०१९ को अन्त्यतिर देखिएको कोभिड १९ को संक्रमणपछि इन्टरनेटको प्रयोगकर्ताको संख्या मात्रै होइन, मान्छेको जीवनमा समेत इन्टरनेट अत्यावश्यक उपभोगको बस्तु भएको छ ।

अहिले काठमाडौं लगायतका सहरमा चियापसलदेखि तरकारी पसलहरुमा समेत इन्टरनेटमार्फत वस्तु तथा सेवा खरिद गरेर भुक्तानी गरेर सेवा लिन पाइने भएको छ । अर्कोतर्फ खल्तीमा पैसा नै बोेकेर हिँड्ने युगको पनि विस्तारकै कम हुदैं गइरहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल विगतको तुलनामा इन्टरनेट प्रयोगकर्ताको संख्या मात्रै नभएर जनजीवनमा समेत इन्टरनेट अपरिहार्य जस्तै बनेको बताउँछन् ।

‘विगतमा घरबाट टाढा-टाढा रहेका आफन्तमा चिठीपत्रको माध्यमबाट सूचना आदानप्रदान हुने गथ्र्यो । तर, अहिले जमना फेरिसक्यौं,’ उनले भने, ‘इन्टरनेट सर्वसुलभ भएसँगै अहिले चिठीपत्र त केबल सरकारी निकायमा मात्रै सीमित भएको छ । चिठीको सट्टामा इमेल तथा भिडियो कल निकै लोकप्रिय भइरहेको छ ।’ उनले इन्टरनेट पछिल्लो समय मान्छे विहान उठेदेखि बेलुका नसुतुञ्जेलसम्म अत्यावश्यक साधनको रुपमा प्रयोग हुदैं आइरहेको दावी गरे । इन्टरनेट अनलाइन पढाइदेखि लिएर अनलाइन व्यापारसम्म उपभोग हुदैं आइरहेकाले पनि यसतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको हो । जसको श्रेय पक्कै पनि २१ औं शताब्दीमा विकास भएको सूचना प्रविधिलाई नै जान्छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनी चार दर्जन बढी

प्राधिकरणका अनुसार नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनी चार दर्जन बढी पुगिसकेका छन् । नेपालमा वर्ल्डलिंक, भायोनेट, सुविसु लगायतका चार दर्जनभन्दा धेरै इन्टरनेट सेवा प्रदायक कम्पनी रहेका छन् । नेपाल टेलिकम, एनसेल लगायतका टेलिकम सेवाप्रदायक कम्पनीले पनि विभिन्न प्रकारका डाटामार्फत मुलुकभरका ७७ वटै जिल्लाबाट इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेका छन् । इन्टरनेट सेवा प्रदायक संघ (आइएसपिएन) का अध्यक्ष सुधीर पराजुली पछिल्लो समय मुलुकमा इन्टरनेट प्रयोगकर्ताको संख्या वृद्धि भएको बताउँछन् । ‘लकडाउनको कारणले पनि इन्टरनेटको खपत अत्याधिक बढायो,’ उनले भने, ‘इन्टरनेटको पहुँच बढेसँगै अब गुणस्तरीय र भरपर्दो सेवा विस्तार गर्ने तर्फ अग्रसर हुनुपर्ने बेला भइसक्यो ।’

कोभिड महामारीकै कारणले ‘वर्क फ्रम होम’ अर्थात घरमै बसीबसी पनि कार्यालयको काम गर्न सकिन्छ भन्ने अवधारणा मात्रै होइन, व्यवहारमा नै लागू भयो । त्यति मात्रै होइन् भर्चुअल माध्यमबाट पनि अध्ययन अध्यापन गर्न पनि सम्भव भयो । त्यसको अलावा छलफल,बैंठक पनि इन्टरनेटकै सहायताको माध्यमबाट सम्भव भयो ।

कुन वर्ष कति प्रयोगकर्ता 

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । तिमध्ये फिक्स्ड ब्यान्डविथमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या ७७ लाख ९६ हजार दुई सय २४ रहेका छन् । त्यसैगरी मोवाइल व्यान्डविथ अर्थात मोवाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या २ करोड २९ लाख ८५ हजार २७ रहेका छन् । आर्थिक वर्ष २०७६/७७ मा कोभिडि १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो । आर्थिक वर्ष २०७७/७८ मा सो संख्या अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुगेको थियो ।

यसअघि प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा डायलअपमार्फत नेपाल टेलिकमबाट इन्टरनेट सेवा लिनेको संख्या ४६ सय ८३ र आई.एस.पीमार्फत इन्टरनेट प्रयोगकर्ताको संख्या १४ हजार ८ सय ८० रहेको थियो । वायरलेस, अप्टिकल फाइबर, इथरनेटमार्फत इन्टरनेट प्रयोगकर्ताको संख्या भने ६४ हजार २ सय ८० रहेको थियो । केबलको माध्यमबाट ३१ हजार ७ सय २७ रहेको थियो ।

एडिएलएल नेपाल टेलिकमका १ लाख २८ हजार मात्रै ग्राहक संख्या रहेको थियो । जिपिआरएस अन्तर्गत नेपाल टेलिकमका इन्टरनेटका प्रयोगकर्ताको संख्या ४४ लाख २१ हजार ४ सय ९० र एनसेलअन्तर्गत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या ३९ लाख १९ हजार ६ सय ८६ रहेका थिए । जिपिआरएस मार्फत कुल इन्टरनेट प्रयोगकर्ताको संख्या ८३ लाख ४१ हजार १ सय ७६ रहेका थिए । सिडिएम ए मार्फत इन्टरनेट चलाउनेको संख्या एक लाख ९३ हजार ३ सय ३७ रहेको थियो ।

वाईम्याक्स मार्फत इन्टरनेट चलाउको संख्या ९ हजार २ सय ९९ मात्रै थियो । आर्थिक वर्ष २०७३/७४ मा नेपालभर इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ६१ लाख ८६ हजार ७ सय ५९ रहेको थियो । तर, आर्थिक वर्ष २०७४/७५ मा त्यो संख्या घटेर एक करोड ४९ कला ८१ हजार ५ सय ८० मा सीमित भएको थियो । तर, आर्थिक वर्ष २०७५/७६ मा भने विगतका दुई वर्षको तुलनामा इन्टरनेट प्रयोगकर्ताको सख्या अधिक वृद्धि भयो । सो वर्ष एक करोड ९४ लाख ४१ हजार सात सय १० पुग्यो ।


Read Previous

१२ हजारले चुमे सगरमाथा, सबैभन्दा धेरै अमेरिकी नागरिक

Read Next

मुलुकभर साढे ५६ लाख घर, सबा तीन लाख सरकारी भवन

Leave a Reply

Your email address will not be published.