Nepal Purbadhar

खाँदबारी-किमाथांका सडक खण्ड पहिरोले गर्दा अवरुद्ध


काठमाडौं । उत्तर-दक्षिण (कोसी) सडक योजना अन्तर्गत खाँदबारी–किमाथांका १६२ किमी सडक खण्ड अवरुद्ध भएको छ ।

सो सडक खण्डको समाटार क्षेत्र २०८२ भदौ १५ गतेको झरीसँगै आएको पहिरो र अरुण नदीको बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

मकालु गाउँपालिकास्थित यस क्षेत्रमा नदी कटान र पहिरोका कारण सडक भासिँदै गएको छ भने माथिल्लो भागको अलैँची खेती क्षेत्रबाट समेत माटो र ढुंगा माटो सडकमा खस्दा यातायात अवरुद्ध भएको छ। यसअघि पनि यही क्षेत्रमा पहिरो र कटानका कारण समस्या आइरहेको भएकाले अस्थायी रूपमा निजी जग्गाबाट यातायात सञ्चालन गरिएको छ।

हाल सडक विभाग हेभी इक्युपमेन्ट डिभिजन इटहरीबाट १ वटा एक्स्काभेटर र १ वटा ब्याकहो परिचालन गरिएको छ । तर निरन्तर भइरहेको मनसुनी वर्षाका कारण कार्यमा कठिनाइ आइरहेको सडक विभागले जनाएको छ । योजनाका साइट इन्जिनियरहरू वैकल्पिक उपायहरूको खोजी गर्दै छन् र मौसम अनुकूल भएसँगै छिट्टै यातायात सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ ।

Facebook Comments

Read Previous

घट्न थाले वीरगन्जमा हैजा र झाडापखालाका बिरामी

Read Next

नाडाको विशेष साधारण सभा रोकियो, सातदिनभित्र कागजातसहित उपस्थित हुन जिल्ला प्रशासनको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar