Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण   


म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा २ करोड ३३ लाख रुपैयाँ लागतमा यी आयोजना सम्पन्न भएका हुन् ।

ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ ।

गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो । आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख रुपैयाँ सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाख रुपैयाँ लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ


Read Previous

लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

Read Next

तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता   

Leave a Reply

Your email address will not be published.