Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

बजेट अभावले डेढ दशकदेखि गण्डक जलविद्युत केन्द्रकाे टर्वाइन मर्मत हुन सकेन


बर्दघाट सुस्तापश्चिम । पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्रको एउटा टर्वाइन बिगत डेढ दशकदेखि मर्मत हुन सकेकाे छैन । बजेट अभावमा १५ वर्षअघि बिग्रिएकाे देशकै पुरानाे जलविद्युत केन्द्रकाे टर्वाइनकाे मर्मत हुन नसकेकाे हाे ।

प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रकाे विद्युतगृहमा जडान भएका उपकरण मर्मत हुन नसक्दा पुरानो हुनुका साथै जीर्ण बन्दै गएका छन् । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत केन्द्र मर्मत र पूर्वाधार विकासमा बजेट अभाव देखिएको प्रमुख पीताम्बर भुसालले बताए ।

उनका अनुसार १५ मेगावाट जडित क्षमता भएको याे जलविद्युत केन्द्रबाट अहिले ४ देखि ५ मेगावाटसम्म मात्रै विद्युत् उत्पादन भइरहेकाे छ । विद्युतगृहमा ३ वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा २ वटा टर्वाइनले मात्र कम क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् । बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको उनले बताए ।

जलविद्युत् केन्द्रका अन्य उपकरण पनि पुरानो भएका छन् । “केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ”, उनले भने, “विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।”

दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्तमात्रामा पानी नपाएको उनले गुनासो गरे । जलविद्युत केन्द्रका विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोतकाे खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ ।

विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले याे जलविद्युत केन्द्र जीर्ण बनेको छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको भुसालले बताए । “पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युत्लाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ”, उनले भने ।

यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ । जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उनले बताए ।

“गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्य्राउने उपकरण भए पनि काम लाग्ने अवस्थमा छैन”, भुसालले भने । अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरण परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता रहेकाे उनले बताए ।

नेपाल विद्युत प्राधिरणले याे जलविद्युत केन्द्रको पुनस्थापना तथा आधुनिकरण  गर्ने भने पनि अहिलेसम्म काम भएकाे छैन । प्राधिकरणले विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई  पुनर्स्थापना गरी आधुनिकरण गर्ने भनेकाे थियाे ।


Read Previous

प्राधिकरणले विद्युत लाइन काटेपछि कुश्मा बजार ४ दिनदेखि अन्धकार

Read Next

विद्युतीय सवारी प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना, ९.४९ प्रतिशत स्थिर ब्याजदर

Leave a Reply

Your email address will not be published.