Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   


बागलुङ । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् ।

राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो । दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ ।

गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको छ । बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट बञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई राजमार्गसँगको पहुँच बढाएको उनकाे भनाइ छ । यो सडकले बरेङमा थुप्रै सम्भावनाको ढोका खोलेको अध्यक्ष शर्माले बताए । बुटवल तथा काठमाडौँ जानका लागि धेरै फेरो लगाएर पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ ।

“गलकोटतर्फको खण्ड धेरै वर्ष अगाडि खुलेको थियो, जसले मध्यपहाडी लोकमार्गमा पुग्न सहज बनाएको थियो, जैमिनीतर्फ खुलेको थिएन, करिब दुई किलोमिटर सडक गत वर्ष खुलाइयो, दुवैतर्फ सडक खुलेपछि दुई राष्ट्रिय राजमार्ग जोडिए, अब यहाँका नागरिकलाई देशका ठूला सहरमा जान समस्या हुने छैन, यहाँका किसानले उत्पादन भएका वस्तु बजारीकरण गर्नसमेत सहज हुनेछ, अब बरेङ पनि राष्ट्रिय सडकबाट टाढा भएन ,”उनले भने ।

याे सडक करिब २० किलोमिटर छ । सडक स्तरोन्नतिका लागि रेसुङ्गा दर्शन अर्जुन/श्रीकृष्ण जेभीले जिम्मा लिएको छ । गत पुसमा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए । यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ–ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उनकाे भनाइ छ । निमार्ण कम्पनीले तीव्रगतिमा काम गरेको हुँदा अब ग्राभेलमात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताए । निर्माण कम्पनीले २०८१ बैशाख ३१ गतेसम्म काम सक्नुपर्ने उनकाे भनाइ छ ।

“निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ, अब धेरै काम बाँकी छैन, ग्राभेलिङ गर्न मात्रै छ, सडकलाई फराकिलो बनाउनेदेखि नाली बनाउनेसम्मको काम सकियो, यही रफ्तारमा काम गर्दै गयो भने समयमै सकिने सम्भावना छ”, इन्जिनियर थापाले भने, “काम थालेको पुसबाट हो, अहिले पनि कामदार परिचालन गरिएका छन् ।”


Read Previous

ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

Read Next

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग   

Leave a Reply

Your email address will not be published.