Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट,स्थानीय हर्सित


म्याग्दी। वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो उक्लेपछि पुग्न सकिन्छ बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट ।

म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा झोलुङ्गे पुल बनेपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट र प्रसिद्ध ऐतिहासिकस्थल ज्यामरुककोटको दूरी नजिकिएको छ ।

पुल नहुँदा ज्यामरुककोटको भकुण्डेचौर, सानालेख हुँदै बागलुङको पञ्चासे र सीम हुँदै पञ्चकोट पुग्नुपर्ने बाध्यता अन्त्य भएकाले यी दुवै धार्मिक र ऐतिहासिकस्थल अब नजिकिएका ज्यामरुककोटका टीकाबहादुर कार्कीले बताए ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना)मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो । १ करोड ३९ लाख रुपैयाँ लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा,पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको भकुण्डेचौरका खिमबहादुर कार्कीले बताए ।

बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घन्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घन्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन् । त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापर खेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए ।

पुल निर्माण भएपछि स्थानीयलाई त फाइदा भएको छ नै धार्मिक क्षेत्र पञ्चकोट र ऐतिहासिकस्थल ज्यामरुककोटमा पर्यटक आवागमन बढेको छ । बागलुङको धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा आएका पर्यटक म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोटमा आउने गरेका छन् भने ज्यामरुककोटमा आएका पर्यटक पञ्चकोटसम्म पुग्ने गरेका छन् ।


Read Previous

काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक

Read Next

गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

Leave a Reply

Your email address will not be published.