Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   


वालिङ । कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर वालिङ बजार लैजानुपर्ने बाध्यता थियो ।

कृषि उपजको बजारीकरणका लागि गाउँमै बिना विद्युतीय रोपवे (ग्राभिटी रोपवे)समेत निर्माण भई सञ्चालनमा आयो । सडकको पहुँच गाउँसम्म पुग्न नसकिरहेका बेला ग्राभिटी रोपवेमार्फत कृषि उपजको ढुवानी गर्दा प्रभावकारी भएको थियो ।

विस्तारै सडकको पहुँच गाउँमा पुगेपछि अहिले सवारीसाधनमार्फत नै ढुवानी गर्न थालिएको स्थानीय अगुवा कृषक यज्ञप्रसाद लामिछानेले बताए ।

“डोकोमा बोकेर वालिङ, मिर्दी, रामबाच्छा, भकुण्डेलगायतका बजारमा तरकारी पुर्याउनुपथ्र्यो”, उनले भने, “रोपवे सञ्चालनमा आएपछि डोकोमा बोकेर जानुपर्ने अवस्था हट्यो ।” अहिले गाउँबाट बिहानमा बजार झर्ने गाडीमार्फत सिधै उपभोक्ता वा व्यापारीकामा कृषि उपज पठाउन थालिएको उनले बताए । गाउँबाट बजार झर्ने जिपले गाउँमा उत्पादन भएका कृषि उपज ढुवानी गर्दै आएका छन् ।

“गाउँमा व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने किसानले बजार पठाउने तरकारी तथा फलफूल क्यारेटमा तयारी बनाएर राख्छौँ”, उनले भने, “गाउँबाट दैनिक तीन–चारवटा जिप बजार झर्छन् तिनैमार्फत सम्बन्धित उपभोक्ता तथा व्यापारीकामा पठाउने गरेका छौं ।”

कतिपय ठाउँमा गाउँबाट बजार झर्दा सवारी साधन रित्तै जाने र फर्किँदा बजारबाट सामान लिएर फर्किने देखिएको तर यहाँ ठीकविपरीत भएको वडा नं ५ का वडा सदस्य रामप्रसाद लामिछानेले बताए । “पाँडेथोक, पित्लेक, आरुपाटा, पाखुरेलगायतका गाउँ मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनका दृष्टिले पकेट क्षेत्र हो”, उनले भने, “अहिले यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणको कुनै समस्या छैन ।”

गाउँबाट बजार जाने जिपहरूले झट्ट हेर्दा ‘कृषि एम्बुलेन्स’को काम गरिरहेको उनले बताए । किसानले घरमा तयारी अवस्थामा राखेको कृषि उपज गाउँबाट बजार झर्ने जिपचालक तथा कर्मचारीले जिपमा राखेर सम्बन्धित ठाउँमा पुर्याउने गरिएकाे छ ।

“किसानले सिधै व्यापारी वा उपभोक्तालाई सम्पर्क गरी दिन पनि पाउँछन् भने सवारीधनीलाई दिए पनि उनीहरूले बजार लगेर बिक्री गरेपश्चात साँझ क्यारेट र पैसा घरमै ल्याइदिन्छन्”, उनले भने, “वालिङ नगरभित्रका वालिङ बजार, मिर्दी, भकुण्डे, भुम्रे, रामबाच्छासम्म लगेर बिक्री गरेको प्रतिकिलो रु दुई र त्यहाँभन्दा बाहिर लगेर बिक्री गरेमा थप भाडा किसानले दिने गरी व्यवस्थापन गरिएको छ ।”

किसानले बिक्री गर्न आफैँ बजार जानु नपर्ने भएकाले पनि समयको बचत भएको जनकल्याण कृषि सहकारी संस्थाका व्यवस्थापक हुमनाथ लामिछानेले बताए । गाउँमा एक सय ४२ घरधुरीमध्ये ७२ घरधुरीमा व्यावसायिकरूपमा तरकारी तथा फलफूल गर्दै आइरहेका छन् ।

सवारीधनीहरूको सहयोगमा गाउँमा उत्पादन भएको कृषि उपजले सहजरूपमा बजार पाएको हो । सवारीधनीले गाउँका प्रत्येक घरबाट उत्पादित कृषि उपज सङ्कलन गरी दैनिक बजार लैजाने र बेलुकी रकम र क्यारेट घरमै फिर्ता गरिदिने भएकाले किसानलाई निकै सहज भएको व्यवस्थापक लामिछाने बताए ।

यहाँ मौसमी तथा बेमौसमी गोलभेँडा, काउली, बन्दा, सिमी, बोडा, काक्रा, करेला तथा सुन्तला, कागती ठूलो परिमाणमा उत्पादन हुने गरेको छ । तरकारी तथा फलफूल बिक्रीबाट यस गाउँमा मात्रै बर्सेनि करोडौँ रकम भित्रिने गरेको छ ।


Read Previous

काठमाडाैं महानगरले चैतमा सूचना प्रविधि सम्मेलन गर्ने

Read Next

तनहुँ आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण सुस्त

Leave a Reply

Your email address will not be published.