Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगी/व्यापारी/व्यवसायीले बाणिज्य बैंकहरूले ऋणको ब्याज १६ देखि १८ प्रतिशतसम्म लिएको भन्ने गलत आरोप लगाएर त्यसको प्रचार गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् ।

उनले उद्योगी/व्यापारी/व्यवसायीले राजनितिक नेतृत्वमा रहेका व्यक्तिसँगको भेटघाटमा जाँदा बैंकहरूले १८ प्रतिशतसम्म ऋणको ब्याज असुल गरिरहेको र लगानीको वातावरण नभएको भन्ने गरेको बताए । ‘उच्च राजनितिक भेटघाटमा जाँदा हामीलाई बैंकले महंगो ब्याज लिइरहेको भनेर व्यापारी, व्यवसायी, उद्योगीले भन्ने गरेका छन् । जुन कुरामा सत्यता छैन,’ उनले भने, ‘यस्ता भ्रामक कुराले बजारमा अराजकता फैलिएको छ ।’

उनले कुनै बैंकले १८ प्रतिशत ब्याज लिएको प्रमाण भए राष्ट्र बैंकमा आएर उजुरी गर्न पनि आग्रह गरे । पहिले नै ६ प्रतिशत ब्याजदरमा ‘लक’ भएको ऋणको अहिले पनि त्यो नबढेको उनको दाबी छ ।

बाणिज्य बैंकहरूको संरक्षण गरेको भन्ने आरोप लाग्ने गरेको भए पनि वास्तवमा नागरिकले बैंकमा बचत गरेको पैसाको सुरक्षाका लागि राष्ट्र बैंकले भूमिका खेल्ने गरेको उनको भनाइ छ । ऋणीले योजना नबनाई ऋण लिई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसकेका कारण उनीहरू समस्यामा पर्ने गरेको उनको आरोप छ ।

रेमिट्यान्समा भएको सुधारसँगै पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा फर्किन लागेकाले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै जाने विश्वास बढेको पनि अधिकारीले बताए । पछिल्लो समय डिजिटल माध्यममा विज्ञापन गर्ने क्रम बढेकाले नेपालका सञ्चारगृह मारमा परेको बताउँदै उनले यसले देशको राजश्व प्रभावित भएको बताए ।

नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सडकबाट भइरहेको बिरोध र आक्रमणले बैकिङ क्षेत्र त्रसित बनेको बताए । उनले देशभरका ७५३ वटै स्थानीय तहसम्म पुगेर सेवा दिइरहेका बैंकहरू विरुद्ध आक्रमण हुँदा नागरिकको विश्वसनियतामा धक्का लाग्ने बताए ।

‘बैंकिङ क्षेत्रले अहिलेसम्म १७ सय खर्ब रुपैयाँ बढी लगानी उत्पादनमुलक क्षेत्रमा गरेको छ,’ उनले भने, ‘नवीकरणीय ऊर्जामा मात्रै पनि ३ सय अर्ब लगानी भएको छ । ’ उनले बैंकहरूले जलविद्युत उत्पादनमा लगानी गरेकै कारण आज नेपालको विद्युत भारतीय बजारमा बिक्री भइरहेको उनको भनाइ छ । उनले नेपालको जलविद्युत उत्पादन अझै बढाउन ठूला आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु पर्ने उनले आवश्यकता औंल्याए । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन धेरै नीतिगत व्यवधान रहेकाले त्यसलाई परिमार्जन गरी विदेशीलाई लगानीका लागि बोलाउनु पर्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अझैपनि नेपालको अर्थतन्त्र संकट ग्रस्त अवस्थामा रहेको बताए । सरकारले देशमा भइरहेको आर्थिक संकटको अवस्थालाई मनन नै गर्न नखोजेको उनको आरोप छ ।

‘अर्थतन्त्र संकटमा हुँदा पनि सरकारले यसलाई अहिलेसम्म स्वीकार गरेको छैन । सुधारोन्मुख छ मात्रै भनिएको छ । यति त्यसो हो भने सरकारले हरेक त्रैमासको आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दैन,’ उनले भने ।

उनले अर्थतन्त्र अहिलेपनि ऋणात्मक अवस्थाबाट नै गुज्रिरहेको हुँदा सरकारले आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्न नसकेको उनको आरोप छ ।


Read Previous

सडक विभागले अनुमति नदिँदा भूमिगत वितरण लाइन निर्माण अलपत्र बन्याेःकुलमान

Read Next

एघार महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

Leave a Reply

Your email address will not be published.