Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

डिजिटल अर्थतन्त्रको विकासमा फाइभजी प्रविधि प्रयोगबारे छलफल


काठमाडौं। नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा मंसिर १३ गते बुधबार काठमाडौंमा एक्सिलेरेटिङ डिजिटल एन्ड इकोनोमिक ट्रान्स्फर्मेसन’ विषयक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डिजिटल अर्थतन्त्रको विकासलाई गति दिन फाइभजी प्रविधि प्रयोगबारे वृहत् छलफल भएको थियो । यसका लगि फाइभजी प्रविधिको मुख्य विशेषता, ग्लोबल ट्रेन्ड, फाइभजी प्रविधिको परिदृश्य र आर्थिक मूल्याङ्कन, फाइभजी प्रविधि प्रयोग गरेका देशका केस स्टडीहरूको चर्चा, नेपालमा फाइभजी सेवा अवलम्बन गर्दा अपनाउनुपर्ने रणनीति तथा योजनाबारे सरोकारवालाबीच सार्थक अन्तर्क्रिया भएको थियो ।

यसअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले फाइभजीको विकास र कार्यान्वयनका सम्बन्धमा सरकारको दृष्टिकोण तथा हालको प्रगति अवस्थाबारे प्रस्तुति दिएका थिए । त्यस्तै मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, अष्ट्रेलियाका सिनियर लेक्चरर तथा कोर्स कोअर्डिनेटर राजन कंडेलले विभिन्न देशमा फाइभजीले व्यवसाय तथा अर्थतन्त्रमा पारेको प्रभावबारे विश्लेषणसहितको प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अर्को सत्रमा ‘अनलिशिङ द इकोनोमिक पोटेन्सियल अफ फाइभजी टेक्नोलोजी’ विषयमा प्यानल डिस्कसन भएको थियो । उक्त प्यानल डिस्कसनको मोडेरेसन आईसीटी विज्ञ डा. विवेककुमार राणाले गरेका थिए । छलफलमा सरकार, दूरसञ्चार तथा निजी क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूले भाग लिएका थिए । यसअन्तर्गत फाइभजीबाट लाभान्वित हुने आर्थिक क्षेत्रहरूको चर्चा, उद्यमशीलता र स्टार्टअपलाई बढावा दिन फाइभजीको भूमिका तथा फाइभजीमा सार्वजनिक(निजी साझेदारीको महत्त्व लगायतका विषयमा छलफल भएको थियो । सो प्यानल डिस्कसनमा दूरसञ्चार प्राधिकणका डा. प्रदिप पौडेल, नेपाल टेलिकमी निर्देएशक रिना डंगोल, खल्ती वालेटका सहसंस्थापक अमित अग्रवाल, मेलबर्न कंडेल सहभागी थिए ।

समग्रमा फाइभजीको सम्भाव्यता र यसले देशको डिजिटल परिदृश्यमा पार्न सक्ने प्रभावबारे चर्चा गर्नु, नेपालमा फाइभजीमा लगानी गर्न निजी क्षेत्र र फाइभजीप्रविधि प्रदायकलाई प्रोत्साहन गर्नु तथा सरोकारवालाहरूबीच अन्तर्क्रिया गराउनु यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

फाइभजीले नेपाल जस्तो देशमा अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिने चर्चा गरेका थिए । साथै दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकम ग्रामीण क्षेत्रमै पूर्वाधारमा लगानीमा सदुपयोग हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा दूरसञ्चार कम्पनी, उद्योग विशेषज्ञ, इन्टरनेट सेवाप्रदायक, ईकमर्स कम्पनी तथा व्यवसायहरू, सरकारी निकाय, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Read Previous

सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ कोप-२८ सम्मेलन आजदेखि   

Read Next

अस्थायी आवास निर्माण सरलीकृत : रकम पठाउने कार्य द्रुतमार्गबाट

Leave a Reply

Your email address will not be published.