Nepal Purbadhar

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024
ट्याङ्कर चालक संघकाे हडताल फिर्ता, आजैदेखि इन्धन वितरण सहज हुने    नदी धमिलिन थालेपछि मेलम्चीकाे पानी वितरण बन्द गर्ने तयारी  धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बांगियाे    ढुवानी हडतालले पेट्रोलपम्पमा सवारी साधनको लाइन,चालकलाई छलफलका लागि बोलाइयो    विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै    पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक मुस्ताङको लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना, पश्मिना गुणस्तरमा उल्लेख्य योगदान पुग्ने

च्यानल फाइनान्सिङ–कठिन परिस्थितिमा व्यावसायिक सशक्तिकरण


काठमाडाैं । सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको छ । निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ । यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ । उद्यपि, यी विविध कठिनाइहरुका बावजुद पनि डिलरहरुको हितमा “च्यानल फाइनान्सिङ” एक आशाको रुपमा देखा परेको छ ।

च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ, र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ । डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्छन् , जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढँगबाट अघि बढ्न सक्षम हुनेछन्। थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ । यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ ।

यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ । त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो । यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ । यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन्। यसप्रकारको सुविधाजनक लचिलोपनालेव्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन्। डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन्भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ्ग संथाहरुसंग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुनेछ ।

सँक्षेपमा भन्ने हो भने च्यानल फाइनान्सिङ नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरुका बीचमा एक बलियो आशाको किरण बनेर देखा परेको छ । यसले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्दछ । तरलता समर्थन, प्रतिस्पर्धात्मक ब्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुकोव्यवशाय विकासमा उत्पन्न भैरहेको बाधाबाट पार पाउन सशक्त बनाउँदछ । यसका अतिरिक्त, यसले समग्र आर्थिक परिदृश्यलाई बलियो बनाउँदै र उज्जवल भविष्यको लागि मार्ग प्रशस्त गरेर बैंकहरु, डिलरहरु र उत्पादकबीचको सौहाद्रपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्दछ ।

एशियन पेन्ट्स नेपाल र नेपाल एसबिआई बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर श्री गोपालकृष्णन्जि र नेपाल एसबिआई बैंकका एमडी तथा सीईओ दीपक कुमार डेले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।


Read Previous

पर्यटककाे संख्या बढेपछि लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय   

Read Next

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सृजना गर्नुपर्नेमा उद्यमी व्यवसायीको जोड

Leave a Reply

Your email address will not be published.