Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने


काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानीको टेलीकम्युनिकेसन कम्पनी एनसेलले फाइभजी भिजनमा आधारित मोबाइल डाटा ‘सधैं अन’ योजना लागु गरेको छ । एनसेलका ग्राहकलाई इन्टरनेट सेवासँग सधैं ‘कनेक्टेड’ रहन सहज हुने गरीको योजना लागु गरेको हो ।

अहिलेका लागि एनसेलका प्रिपेड सिम प्रयोग गर्ने ग्राहकका लागि ७ दिन र २८ दिनको ‘सधैं अन’ डाटा प्याक, टक टाइम र एसएमएस सेवा सहितको योजना लागु गरिएको एनसेलले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रिपेड ग्राहकका लागि विभिन्न ६ योजना अन्तर्गत ३९९ रुपैयाँदेखि १४ सय ९९ रुपैयाँसम्मको मासिक इन्टरनेट डाटा, टक टाइम र एसएमएस प्याक ल्याइएको छ ।

७ दिनकाे प्याकमा २ वटा याेजना ल्याइएकाे छ । जसमा ९९ रुपैयाँकाे प्लान सुचारु गर्ने ग्राहकले २ जिबी डाटा (१ जीबी निःशुल्क सोसल मिडिया डाटा)  ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्न सकिनेछ।

यस्तै, २८ दिनकाे पहिलो योजना अन्तर्गत मासिक ३९९ रुपैयाँ तिर्ने ग्राहकले १२ जिबी (४ जिबी निशुल्क सामाजिक सञ्जाल डाटा सहित) इन्टरनेट फाइभजी डाटा तथा ३९९ मिनेट टक टाइम र ३९९ वटा नै एसएमएस गर्ने सुविधा प्राप्त गर्नेछन् ।

यस्तै, दोस्रो योजना अन्तर्गत ४९९ रुपैयाँको २८ दिनको प्याक लिने ग्राहकले १७ जिबी (५ निशुल्क सामाजिक सञ्जाल डाटा सहित) इन्टरनेट डाटा र ४९९ मिनेटको टक टाइम तथा त्यति नै वटा एसएमएसको सुविधा प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी, तेस्रो योजना अन्तर्गत ५९९ रुपैयाँमा मासिक २६ जिबी (६ निशुल्क सामाजिक सञ्जाल डाटा सहित) डाटा र ५९९ मिनेटको टक टाइम/एसएमएस सेवाको सुविधा पाउँदा चौंथो योजना अन्तर्गत ७९९ रुपैयाँ मासिक तिर्ने ग्राहकले ३३ जिबी (८ जिबी निशुल्क सामाजिक सञ्जाल डाटा सहित) डाटा तथा अनलिमिटेड टक टाइम र एसएमएस सुविधा प्राप्त गर्नेछन् ।

यसैगरी, पाँचौं योजना अन्तर्गत ९९९ रुपैयाँमा मासिक ६० जिबी फाइभजी (१० जिबी निशुल्क सामाजिक सञ्जाल डाटा सहित) डाटा, अनलिमिटेड टक टाइम र एसएमएस सुविधा ग्राहकले पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । छैटौं योजना अन्तर्गत मासिक १४ सय ९९ रुपैयाँमा १ सय १५ जिबी इन्टरनेट डाटा (१५ जिबी निशुल्क सामाजिक सञ्जाल डाटा सहित) अनलिमिटेड टक टाइम र एसएमएस सुविधा ग्राहकलाई दिइएको छ । ‘सधैं अन’ याेजनाकाे प्याक लिने ग्राहकले *१२३#

‘सधैं अन’ योजना अन्तर्गत मासिक प्याक खरिद गर्दा बिचैमा प्याक सकिएपछि पनि मोबाइलको सिममा भएको ब्यालेन्स अब नकाटिने एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्वोर कायमोभले बताए । उनले दक्षिण एसियामा नै नेपालको डाटा खपत न्यून रहेको बताउँदै नेपाली ग्राहकलाई डिजिटल भविश्यतिर डोर्याउन एनसेलको ‘सधैं अन’ योजना लागु गरिएको बताए ।

यस्तै, एनसेलले यसअघि मासिक ६३ वटा योजना लागु गर्दै आएकोमा डाटा प्याकलाई सहज बनाउन त्यसलाई घटाएर २० वटामा झारेको छ । यो योजनाको अझ मुख्य उद्देश्य नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको पनि उनले बताए ।


Read Previous

ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु   

Read Next

पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे