Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

जलविद्युतमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूलाई जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । राजधानीको सोल्टी होटलमा मंगलबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व अधिवेशनलाई सम्बोधन गर्दै महतले जलविद्युत आयोजनाहरूमा लगानीका लागि आह्वान गरेका हुन् ।

‘अहिले जलविद्युत क्षेत्रको विकासमा वृहत सञ्जाल बनिसकेको छ । २०४६ सालपछि १/२ मेगावाटका आयोजनामा लगानी गर्ने निजीले ३०० मेगावाटका आयोजना अगाडि बढाइरहेको छ,’ उनले भने, ‘विश्वभर छरिएका गैरआवासीय नेपालीलाई पनि यो क्षेत्रमा लगानी बढाउन म आग्रह गर्छु ।’

उनले हजारौं नेपालीले सयौं जलविद्युत आयोजनामा लगानी गरिरहेकाले विदेशमा रहेका नेपालीका लागि समेत लगानीको ठूलो अवसर रहेको बताए । विश्व बैंकले माथिल्लो अरुणमा १.७ बिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।

‘माथिल्लो अरुण र दूधकोसी आयोजनामा विश्व बैंक तथा एसियाली विकास बैंक लगानीका लागि अगाडि आएका छन् । नेपालले अधिक कार्बन उत्सर्जन गर्ने नगरेको भए पनि जलवायु परिवर्तनको प्रभावको मार खेपिरहेकाले यी आयोजनाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सरकारले भनेको छ’, उनले भने ।

उनले कोभिड-१९ महामारीको समयदेखि सूचना प्रविधि (आइटी) क्षेत्र पनि फस्टाएर आएको र अहिले नेपालबाट आइटी सेवा निर्यात भइरहेको बताए । आइटी क्षेत्रमा काम गर्नेहरूले विदेशमा पनि आइटी सेन्टर खोल्न आवश्य रहेको माग राखेपछि चालू आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिएको उनले बताए ।

आइटी क्षेत्रको प्रवर्द्धनका लागि सरकार सकारात्मक रहेपनि सिस्टममा अझै कठिनाई रहेकाले त्यसलाई सरकारले सुधार गर्दै लैजाने उनको भनाई छ । उनले अहिलेको पिढीमा नेपालको अवस्थालाई लिएर चरम निराशा भएपनि २०४६ पछिको अवस्थाबाट धेरै अगाडि आइसकेको बताए ।

‘२०४६ सालपछि मुलुकको कूल ग्रर्हास्थ उत्पादन (जिडिपी) मा ६० गुणा वृद्धि भएको । नागरिकको औसत आयु पनि ५४ वर्षबाट बढेर ७२ वर्ष पुगिसकेको छ । प्रतिव्यक्ति आयमा ७ गुणा वृद्धि हुँदा विद्युत पहुँच शून्यबाट ९७ प्रतिशत पुगेको छ । यसलाई ठूलै उपलब्धी मान्नु पर्छ । तर, अझै धेरै गर्न बाँकी छ’, उनले भने ।

अर्थमन्त्री महतले अब राजनितिक अस्थिरताको अन्त्य गरी सबै क्षेत्रमा लगानीको दायरा बढाएर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने समय आएको बताए । मंगलबारबाट सुरु भएको एनआरएनएको ११औं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै कात्तिक ३ गत सकिनेछ । महाधिवेशनमा सहभागी हुन विश्वभरमा छरिएर बसेका गैरआवासीय नेपालीहरू काठमाडौंमा भेला भएका छन् ।


Read Previous

चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

Read Next

नविकरणीय ऊर्जामा दीगो वित्तीय उपकरण र सामाजिक द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published.