Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

१ अर्ब बढी आम्दानी गुमेपछि मिस्त्री खाेलाकाे सबै उत्पादन प्रसारण प्रणालीमा,घार,थापाखाेला र घलेम्दीलाई पनि राहत


काठमाडौं । १ अर्ब रुपैयाँ बढीको विद्युत खेर गएपछि म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत केन्द्र अब पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार रातिदेखि २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको ८७ किलोमिटर कुस्मा-न्यू बुटवल खण्ड लोड दिएर चार्ज गरेपछि जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्ने वातावरण बनेको हो ।
सोमबार रातिबाट उत्पादन भएको सबै विद्युत प्रसारण प्रणालीमा गइरहेको जलविद्युत केन्द्र प्रबन्धक दीपककुमार साहले बताए । उनका अनुसार अहिले उत्पादन भएजति सबै ३७ मेगावाट विद्युत प्रसारण प्रणालीमा गइरहेको छ ।

‘हाम्रो जलविद्युतगृह सञ्चालनमा आएपछिका २ वटा बर्खा र यो वर्षपनि जेठदेखि असोज तेस्रो सातासम्म नै बढी उत्पादन हुने समयको विद्युत खेर गइरहेको थियो,’ उनले भने, ‘प्रसारण लाइन चार्ज भएपछि अहिले सबै उत्पादन दिन सकेका छौं ।’ उनका अनुसार हिउँदमा जलविद्युतगृहले उत्पादन गर्ने सबै विद्युत बिक्री हुने गरेपनि बर्खामा औसत १२ मेगावाट विद्युत दैनिक खेर जाने गरेको थियो ।

जलविद्युत केन्द्र सञ्चालनमा आएपछि करिब २७ महिनासम्म बर्खाको समयमा पूर्ण क्षमतामा विद्युत उत्पादन हुन सकेको थिएन । जलविद्युत केन्द्रबाट बर्खामा ४२ मेगावाट नै उत्पादन हुने भएपनि ३० मेगावाट मात्रै प्रसारण प्रणालीमा जाने गरेको थियो । यो कूल जडित क्षमताको ७० प्रतिशत हो ।

प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले उत्पादन भएको विद्युत कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता गरेपनि वैकल्पिक रूपमा १३२ केभी कुस्मा-लेखनाथ प्रसारण लाइनमार्फत प्रवाह गरिँदै आएको थियो ।

कुस्मा-न्यू बुटवल प्रसारण लाइन सञ्चालनमा नआउँदासम्म जलविद्युतगृहले उत्पादन गर्ने विद्युत कुस्माबाट लेखनाथ सबस्टेसन पुर्याउने गरिएको थियो ।

१३२ केभी प्रसारण लाइनले ४२ मेगावाटको लोड लिन नसक्ने हुँदा बर्खामा विद्युत खेर फाल्नु पर्ने बाध्यता थियो । प्रसारण लाइन सञ्चालनमा आएसँगै १४ मेगावाटको घारखोला, १३.६ मेगावाटको थापाखोला, ५ मेगावाटको घलेम्दी जलविद्युत केन्द्रको पनि उत्पादन भएको सबै विद्युत प्रसारण प्रणालीमा आएको छ ।

यी जलविद्युत केन्द्रले उत्पादन गरेको विद्युत दानाबाट कुस्मा हुँदै न्यू बुटवल सबस्टेसन पुर्याएर चितवनतर्फ पठाइएको छ ।


Read Previous

याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

Read Next

तल्लो सेती जलविद्युतमा एडिबी र जाइकाको चासो

Leave a Reply

Your email address will not be published.