Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?


काठमाडौं । काठमाडौं चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण थालेको २०८० फागुनमा २ वर्ष पूरा हुदैछ । योजना अनुसार काम भएको हुन्थ्यो भने २ वर्ष सम्पन्न हुँदा फ्लाइ ओभर पनि सम्पन्न हुने थियो । तर, डिजाइनदेखि निर्माणस्थलमा रहेको माटोको गुणस्तरको अध्ययन गर्नुपर्दा तोकिएकै समयमा योजना पूरा नहुने निश्चित भइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर आउदो असार (२०८१) अर्थात चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । ‘पूर्वतयारीदेखि अध्ययनका काम पूरा भइसकेकोले अब असारसम्ममा फ्लाइ ओभर सम्पन्न गर्न गाह्रो छैन’ मन्त्रालयका सचिव केशवकुमार शर्माले भने । ग्वार्को फ्लाई ओभर निर्माणबाट चक्रपथको सातदोवाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार इमाडोल–लुभू सडक खण्डमा सवारी साधनलाई सुरक्षित, सहज तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा प्राप्त हुने विश्वास छ ।

आयोजना जानकारी

योजनाको नाम : चक्रपथस्थित ग्वार्को चोकमा सडक पहुँच मार्गसहित ४ लेनको फ्लाइ ओभर निर्माण

निर्माण कम्पनी : श्री आशिष–समानान्तर रेलिगेर जेभी

योजना निर्माण थालनी : २०७८ फागुन १२

ठेक्का सम्पन्न गर्नुपर्ने मिति : २०८० फागुन ११

ठेक्का रकम : १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ (भ्याटसहित)

संरचनाको मर्मत सम्भार अवधी : ५ वर्ष (निर्माण सम्पन्नपछि)

अहिलेसम्मकाे  भुक्तानी : १ करोड ३७ लाख २० हजार रुपैयाँ (अग्रिम भुक्तानी)

 

के काम भइरहेको छ ?

ग्वार्काे फ्लाई ओभर संरचना निर्माण गरी आवतजावतलाई सुविधा प्रदान गर्न सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट तोकिए बमोजिम ‘फुल डेफ्थ टेम्पोररी केसिङ’ प्रयोग गरी ‘पाइल’ निर्माणको काम भइरहेको छ । अत्याधुनिक प्रविधि सहित बालकुमारीतर्फ ३२० मिटर लम्बाईको र सातदोबाटोतर्फ १८५ मिटर लम्बाईको ‘¥याम्प’ निर्माण गरिनेछ । यो योजना इपीसी अर्थात इञ्जिनियरिङ, प्रोक्योरमेण्ट र कन्स्ट्रक्शन प्रक्रियाबाट निर्माण गर्न लागिएको हो । यसको अर्थ जुन कम्पनीले योजनाको ठेक्का प्राप्त गर्छ, त्यही निर्माण कम्पनीले फ्लाइ ओभरको विस्तृत डिजाइन गर्नेदेखि निर्माणसम्मको काम गर्नेछ । राष्ट्रियस्तरको प्रतिष्पर्धामार्फत यो योजनाको ठेक्का आशिष समानान्तर रेलिगेर जेभी (ज्वाइण्ट भेञ्चर) ले प्राप्त पाएको छ ।

इपीसी सम्झौताअनुसार छनौट भएको निर्माण कम्पनीले निर्माण गर्ने प्रविधि सडक तथा पुल संरचना निर्माणको क्षेत्रमा देशकै नविनतम प्रविधिमा पर्ने अधिकारीहरुको भनाइ छ । यस प्रविधिको कार्यानुभव आदानप्रदान गर्ने उदेश्यले ‘नलेज सेयरिङ एण्ड टेक्नोलोजी ट्रान्सफर’ को विषय पनि समावेस गरिएको छ । यसको लागि सडक विभागका प्राविधिक जनशक्तिलाई समेत ‘फ्लाई ओभर’ को निर्माणका विभिन्न चरणमा तालिमको व्यवस्था गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर राकेश श्रेष्ठको भनाइ छ ।

ग्वार्को फ्लाई ओभर निर्माणमा हालसम्म टोपोग्राफिकल सर्भे, जिओटेक्निकल सर्भे सम्पन्न भएको छ । योजनाको डिजाइन गर्ने कार्यअन्तर्गत सर्भेहरुको आधारमा पेश भएको डिजाइनअनुसारको प्रविधि प्रयोग गरेर माटोमा सुधार गर्ने, ‘मेकानीकल्ली स्टेब्लाइज्ड वाल’ प्रविधि प्रयोग गरेर ‘¥याम्प’ निर्माण गर्ने, ‘एबुटमेण्ट’ मुनि १.५ मिटर व्यास र ३४ मिटर लम्बाईको ४/४ वटा ‘पाइल’ भएको पुल (ओभर पास) सहितको डिजाइन सडक विभागबाट स्वीकृत थियो । विभागले २३ फागुन २०७९ मा यो डिजाइन स्वीकृत गरेको हो । तर, सो डिजाइनमा केही परिमार्जन गरी १० भदौं २०८० मा संसोधित डिजाइन सडक विभागबाट स्वीकृत भइसकेको छ । संसोधित डिजाइन अनुसार १.२ मिटर व्यास र ३० मिटर लम्बाईका १२/१२ वटा पाईल गरी जम्मा २४ वटा पाइल निर्माण हुनेछन् । हालसम्म ८ वटा पाइल निर्माण भैसकेको छ । अझै १६ वटा पाइल निर्माण गर्न बाँकी छ ।

फ्लाई ओभर निर्माणका लागि साइटमा डिजाइन अनुसार ‘लेआउट’ कार्य सम्पन्न भइसकेको छ । सवारी आवागमनमा न्युनतम बाधा अवरोध हुने गरी पहुँच मार्गको निकास बाटो ‘¥याम्प’ निर्माणका लागि शुन्यदेखि ४.८ मिटरसम्म उचाईको किनाराको लागि डिजाइन तयार भएको आयोजना कार्यालयले जानकारी दिएको छ । यस्तै, ४.८ मिटरभन्दा बढी उचाईका लागि डिजाइन कार्य भईरहेको छ ।

पहुँच सडकको ¥याम्प निर्माणका लागि भारतबाट ‘मोल्ड’ आयात गरी साइट पु¥याइसकिएको छ । यसलाई भारतीय विज्ञको प्रत्यक्ष निगरानीमा ‘रेडिमिक्स कंक्रिट’ प्रयोग गरेर ‘एमएसइ वाल’ दैनिक ढलान भइरहेको छ । कुल २ हजार ३७६ वटा ‘प्रिकास्ट प्यानल’ मध्ये हालसम्म १ हजार २६१ वटा ‘प्यानल’ ढलान गरिसकिएको छ । ¥याम्प निर्माणका लागि भर्न आवश्यक पर्ने माटोका लागि तोकिएअनुसार जाँच गरी रोशी गाउँपालिकामा रहेको खानीबाट ल्याउने तयारी छ ।

यसैगरी मू्ख्य पुलको फाउण्डेशन रहने स्थानमा निर्माण स्थल वारपार हुने नेपाल विद्युत प्राधिकरणको ४३ केभीएको भूमिगत प्रसारण लाईन रहेको छ । त्यसलाई स्थानान्तर गर्न नेपाल विद्युत प्राधिकरण ललितपुरले पेश गरेको लागत अनुमानअनुसार निर्माण कार्यमा कुनै अवरोध नहुने गरी स्थानान्तर गर्न समझदारी पत्रमा सम्झौता गरी काम अघि बढाइएको छ ।

पुल संरचना निर्माणका लागि आवश्यक ‘कंक्रिट मिक्स डिजाइन’ गरी तयारी अवस्थामा राखिएको छ । पाइल सम्बन्धी निर्माण कार्य गर्न रि–इन्फोर्समेण्टको ‘केजिङ’ तयार गर्ने तथा आवश्यक मेसिन औजार साइटमा परिचालन गरी निर्माण कार्य अगाडी बढाएको छ ।

यसरी भइरहेको छ सवारी आवागमन व्यस्थापन

जिल्ला प्रशासन कार्यालय, ललितपुर महानगरिय ट्राफिक प्रहरी परिसर, सातदोवाटोसँग समन्वय तथा सहकार्यमा ग्वार्को चोकमा सवारी आवागमनमा न्युनतम बाधा अवरोध हुने गरी निर्माण कार्य भइरहेको छ । त्यसका लागि मुख्य लेन र सर्भिस लेन छुट्याउने मेडियनका केही भाग हटाई सो माथि कालोपत्रे गरी ‘ट्राफिक डाइभर्सन’, चोक चोकमा होडिङ बोर्ड, सूचना पाटी, रोड मार्किङ गरेर, ट्राफिक कोण उपलब्ध गराएर सवारी आवागमनको व्यवस्थापन भईरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । सडक सुरक्षा अन्तर्गत रातको समयमा सवारी आवागमन सहजताका लागि ‘लाइटिङ’ तथा ‘वर्क साइट फेन्सिङ’ को व्यवस्था गरीएको छ ।

आयोजना निर्माणमा देखिएका चुनौती

क) ‘एमएसइ वाल इरेक्सन’ गर्दा जमिन मुनिको ‘सोयल इम्प्रुभमेण्ट’ गर्नका लागि अधिक समय लाग्ने तथा पहुँच सडकको ‘¥याम्प’को चौडाईभन्दा थप चौडाईमा समेत ट्रिटमेण्ट गर्नु पर्ने हुनाले हालको सवारी आवागमनमा थप चाप परी सवारी आवागमनमा असहजता हुने ।

ख) ‘फूल डेफ्थ टेम्पोररी केसिङ’ प्रविधि प्रयोग गरेर डिजाइन बमोजिम ‘पाइल कास्टिङ’ गर्न आवश्यक मेसिन औजार स्वदेशमा उपलब्ध नभएकोले र विदेशबाट समेत सहजै उपलब्ध हुन कठिनाई भएकोले निर्माण कार्यको प्रगतिमा असर पर्ने ।

ग्वार्को फ्लाई ओभर निर्माणमा इपीसी ढाँचाको प्रयोग

ग्वार्को फ्लाई ओभर इपीसीको ढाँचामा निर्माण भइरहेको योजना हो । यस ढाँचा अनुसार निर्माण कम्पनीले पहिलोमा क) संरचनाको विस्तृत डिजाइन गर्ने, दोस्रोमा ख) संरचना निर्माण र तेस्रोमा (ग) संरचनाको मर्मत सम्भार गर्नुपर्नेछ ।

पहिलो जिम्मेवारीमा रहेको क) संरचनाको विस्तृत डिजाइन अन्तर्गत टोपोग्राफिकल सर्भे, जिओटेक्निकल सर्भेलगायत सम्पूर्ण अध्ययन गरी ठेका सम्झौतामा व्यवस्था भए बमोजिमको सार्वजनिक निकायले चाहेको आवश्यकतालाई (इम्प्लोयर्स रिक्वायरमेण्ट) पालना गर्ने गरी आवश्यकता अनुसार राष्ट्रिय वा अन्तरराष्ट्रिय विज्ञहरुबाट विस्तृत डिजाइन गर्नुपर्छ ।

त्यस्तै, ख) संरचना निर्माण गर्ने कार्यअनुसार निर्माण व्यवसायीले संरचनाको विस्तृत डिजाइनको विभागीय स्वीकृतीपछि तोकिएको ठेक्का अवधिभित्र संरचना निर्माण कार्य सम्पन्न गरी सुविधा प्रदान गर्नुपर्छ । साथै, निर्माणको क्रममा आवश्यकतानुसार डिजाइन परिमार्जन अथवा संशोधन गर्नुपर्ने भएमा प्रस्ताव गरी विभागीय स्वीकृती पश्चात संरचना निर्माण कार्य सम्पन्न गर्नुपर्छ ।

तेस्रोमा ग) संरचनाको मर्मत सम्भार गर्नुपर्नेछ । यसमा ठेक्कामा व्यवस्था भए बमोजिम तोकिएको अवधिसम्म संरचनाको मर्मत सम्भार गर्नुपर्छ । यस योजनाको हकमा निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म संरचनाको मर्मत सम्भारको काम ठेकेदार कम्पनीको हुनेछ ।

ग्वार्को फ्लाई ओभर निर्माणमा दुई नविनतम प्रविधि प्रयोग 

यस योजना निर्माणको चरणमा दुई वटा नविनतम प्रविधि प्रयोग हुदैछन् । पहिलोमा १) फुल डेफ्थ टेम्पोररी केसिङ प्रयोग गरी ‘पाइल’ निर्माण गर्ने प्रविधि र दोस्रोमा २) मेकानीकल्ली स्टेब्लाइज्ड अर्थेन वाल प्रयोग गरी पहुँच सडकमा ¥याम्पको निर्माण गर्ने प्रविधि रहेका छन् ।

फुल डेफ्थ टेम्पोररी केसिङ प्रयोग गरी ‘पाइल’ निर्माण गर्ने प्रविधि अन्तर्गत ठेक्का सम्झौतामा सार्वजनिक निकायले तोकेको काम र प्रावधान अनुसार फुल डेफ्थ टेम्पोररी केसिङ प्रयोग गरी पाइल निर्माण गर्नुपर्नेछ । यो कार्य पुल संरचना निर्माणको क्षेत्रमा नेपालकै लागि नवीनतम प्रविधि हो । यसमा आवश्यक परेमा विदेशबाट समेत आवश्यक मेसिन औजार आयात गरी विज्ञको प्रत्यक्ष निगरानीमा ‘पाइल’ को पूरा लम्बाईको ‘केसिङ’ जमिन मुनि ‘ड्राइभ’ गरी ‘पाइल कास्टिङ’ गर्नुपर्नेछ । यस योजनामा सफल भएपछि पुलको ‘सब–स्ट्रक्चर’ तथा ‘सुपरस्ट्रक्चर’ निर्माणमा प्रयोग गर्ने सडक विभागको तयारी छ ।

त्यसैगरी, २) मेकानीकल्ली स्टेब्लाइज्ड अर्थेन वाल प्रयोग गरी पहुँच सडकमा ¥याम्पको निर्माण गर्ने प्रविधिको पनि नेपालको सडक तथा पुल संरचना निर्माणमा नयाँ हो । यसमा विदेशमा प्रयोग भैरहेको प्रविधि बमोजिम ‘एमएसइ वाल’ ढलान गर्न ‘मोल्ड’ आयात गरी विदेशी विज्ञको प्रत्यक्ष निगरानीमा ‘एमएसइ वाल’ ढलान गरिनेछ । यसैगरी जमिन मुनि उचित गहिराइमा ‘फाउण्डेशन’ तयार गरी ‘एमएसइ वाल प्यानल’ क्रमश ठड्याउने, ‘सोयल रि–इन्फोर्समेण्ट’ प्रविधि प्रयोग गरी उचित माटो ‘लेयरवाइज कम्प्याक्ट’ गर्दै ‘¥याम्प’ निर्माण गर्नु पर्नेछ । त्यसपछि ‘पेभमेण्ट’ सम्बन्धी काम गरिनेछ ।


Read Previous

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ: पर्यटनमन्त्री किराँती

Read Next

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published.