Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ?

नेपालमा नवीकरणीय ऊर्जाकाे विकास गर्न दुगड र टाटा पावरबीच सहमति


काठमाडौं । नेपालको नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न औद्योगिक घराना दुगड समूह र भारतको टाटा पावरबीच सहमति भएको छ । टाटा पावरको भगिनी कम्पनी टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टिटिआरइएल) र दुगड समूहको सहायक दुगड पावर कम्पनीबीच नवीकरणीय ऊर्जाको क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको हो ।

टाटासँगको सहकार्यले नेपालमा नवीकरणीय ऊर्जा उत्पादनमा भइरहेको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने दुगड समूहले जनाएको छ । सहकार्यले नवीकरणीय ऊर्जाको विकासमा नेपालले चालेको कदमलाई बढावा दिन सम्भव हुने दुगडको प्रेस बक्तव्यमा जनाइएको छ ।

टाटा पावर भारतका पावर कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो । टाटा पावरसँगको सहकार्यले दुगड पावरलाई नेपालमा दीगोरूपमा नवीकरणीय ऊर्जा उत्पादनको आधार खडा हुने पनि बक्तव्यमा भनिएको छ । सहमतिअनुसार टिटिआरइएल र दुगडले नेपालमा सौर्य विद्युत उत्पादनको क्षेत्रमा लगानी गर्ने छन् ।

सहमति अनुसार सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरी आपूर्ति व्यवस्थापन गर्न १ किलोवाटदेखि १ मेगावाटसम्मका सौर्य विद्युत आयोजनामा लगानी हुनेछ । दुगडसँगको सहकार्यका क्रममा टिटिआरइएलले सौर्य विद्युत आयोजनाको अध्ययन, डिजाइन, खरिद, निर्माण, बजार व्यवस्थापनसँगै मर्मत सम्भारको काम पनि गर्नेछ ।

दुगड पावरसँगको सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको इन्जिनियरिङ्गलाई पुनःपरिभाषित गर्ने रणनैतिक एकता भएको टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले बताए । उनले दुगडसँग जोडिएर नेपालको विद्युतीय ऊर्जाको सम्भाव्य बजारभित्र प्रवेश गर्न लागेको बताए ।

‘हामी नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्नका लागि दुगड समूहसँग जोडिएका छौं,’ उनले भने, ‘हाम्रो सहकार्यले यो क्षेत्रमा सकारात्मक र परिवर्तनशील प्रभाव पारोस् भन्ने चाहाना छ । दुवै कम्पनीबीचमा वित्तीय स्रोत र विज्ञताको एकताले नवीकरणीय ऊर्जाको दीगो विकासबाट प्रसारण प्रणालीमा नयाँ आयाम थपिने उनको भनाइ छ ।

टिटिआरइएलसँगको सहकार्य नेपालको नवीकरणीइ ऊर्जा क्षेत्रका लागि उपलब्धीमुलक हुने दुगड पावर प्रा.लि.का व्यवस्थापकीय निर्देशक अभिशेक दुगडले बताए । उनले नेपालको विद्युत उत्पादनमा योगदान गरी दीगो, गुणस्तरीय र आत्मनिर्भर बनाउन टिटिआरइएलसँगको सहमति एकता भएको पनि बताए ।

‘आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ नवीकरणीय ऊर्जा पुर्याउने कुरामा हामी प्रतिबद्ध छौं । दीगो रूपमा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान गर्न यो साझेदारी भइरहेको छ,’ उनले भने ।

टिटिआरइएल भारतमा नवीकरणीय ऊर्जा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहँदै आएको छ । यो कम्पनीले विश्वभर सौर्य विद्युत आयोजनामा जडान हुने सेल र मोडुल बेचेको छ ।

उसले नेदरल्याण्डमा ३.४ मेगावाटको तथा अमेरिकामा ३.३७६ मेगावाट सौर्य विद्युत आयोजनाका लागि पनि सौर्य विद्युत आयोजनामा पनि काम गरेकाे छ ।


Read Previous

सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता

Read Next

महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

Leave a Reply

Your email address will not be published.