Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

एशियन पेन्ट्स नेपालले काठमाडौंमा सुरु गर्यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम


काठमाडौं । नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो Multi Catergory डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ ।

‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकहरुलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ, जुन प्रविधिले ग्राहकहरुलाई उनीहरुको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ । यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथा सिइओ श्री अमित सिंगलले गर्नु भएको थियो ।

१६०० वर्ग फिटमा फैलिएको यो नवीन ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाऊँमा उपलब्ध भएको शोरुम हो । यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ जसबाट ग्राहकहरुले यी प्रोडक्टहरुको अनुभव लिन सक्नुहुन्छ ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै अमित सिंगलले भन्नु भयो “नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं ।”

एशियन पेन्ट्स र एशियन पेन्ट्स नेपाल

१९४२ मा यसको स्थापना भएदेखि, एशियन पेन्ट्सले INR ३४,४८ करोड (INR ३४५ बिलियन) को कारोबारको साथ भारतको अग्रणी र एशियाको दोस्रो ठूलो पेन्ट कम्पनी बन्नको सफल भएको छ । एशियन पेन्ट्स १५ वटा देशमा सञ्चालन छ र विश्वमा २७ वटा पेन्ट उत्पादन गर्ने सुविधा छ, जसले ६० भन्दा बढी देशहरूमा उपभोक्ताहरूलाई सेवा दिइरहेको छ । पेन्टहरू बाहेक, एशियन पेन्ट्सले अन्य घर र सम्बद्ध क्षेत्रहरू जस्तै फेब्रिक, वालपेपर, फर्निचर, लाइटिङ, UPVC, बाथ फिटिङ्स र सेनेटरीवेयर, मोड्युलर किचन र वार्डरोबहरूमा उद्यम गरेको छ।

एशियन पेन्ट्स नेपालको स्थापना ४ दशकअघि भएको थियो र नेपालमा सिलिकन शिल्ड, हाइड्रोलोक, कलर आइडियाज, सेफ पेन्टिङ सेवा, कलर नेक्स्ट र अहिले एशियन पेन्ट्स ब्युटिफुल होम्स स्टोर जस्ता नयाँ उत्पादन र अवधारणाहरू बजारमा प्रस्तुत गर्दै पेन्ट उद्योगमा अग्रणी रहँदै आएको छ । एशियन पेन्ट्सले भित्री र बाहिरी वालहरूको लागि सजावट प्रयोगको लागि पेन्टहरूको विस्तृत श्रृंखला उत्पादन गर्दछ । तिनीहरूको पोर्टफोलियोमा वाटरप्रूफिङको लागि स्मार्ट केयर रेन्ज, काठको फिनिसिङका लागि विशेष उत्पादनहरू र बाथ प्रोडक्टहरूको रेन्ज पनि समावेश छ।


Read Previous

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

Read Next

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

Leave a Reply

Your email address will not be published.