Nepal Purbadhar

‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

खानेपानी, नेपाल विद्युत प्राधिकरण र बर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघिय सरकारको मातहतमा रहेका सडकहरु बर्षात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने मन्त्री ज्वालाले बताए ।

मंगलवार चक्रपथ बुढानीलकण्ठको सडक अबलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौं बनाउने बताए । ‘दैनिक लाखौ मानिस हिड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’ मन्त्री ज्वालाले भने ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरउन्नती गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अवस्था हेर्न म आफै नियमित आउँछु ।’

खानेपानी, नेपाल बिद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ । खानेपानी, नेपाल बिद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।

‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’ मन्त्रालयका सचिव केशव शर्माले भने ‘अब यो अबस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौ र स्थायी निकास निकाल्छौ ।’

वर्षात हटेलगतै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम शुरु गरिने भएको छ । महाराजगञ्ज-बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिए ।

Facebook Comments

Read Previous

निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

Read Next

मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar