Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

गण्डकी प्रदेशमा ऊर्जा दक्षता भवन प्रवर्द्धन गर्न कार्यशाला   


गण्डकी। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा युरोपियन युनियनको स्वीच-एसिया कार्यक्रमको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बिइएन) परियोजनाले गण्डकी प्रदेशका विभिन्न १६ वटा पालिकाका प्रमुख एवं प्राविधिकबीच अभिमुखीकरण तथा परामर्श कार्यशाला गरेको छ ।

कार्यशालामा भवन निर्माणमा ऊर्जा दक्षताको आवश्यकता र औचित्यलगायत विषयमा विषय विज्ञहरूको प्रस्तुति रहेको थियो । ऊर्जा दक्षतालाई ध्यान दिँदै भवन निर्माण गर्दा त्यसमा आवश्यक नभएको उर्जा खपतलाई न्यूनीकरण गर्न सकिनेमा वक्ताले जोड दिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरी विकासका सन्दर्भमा नेपालभित्र एउटै नीति हुनुपर्ने भए पनि त्यो हुन नसकेको बताए । बन्ने नीति दीर्घकालीन नहुनाका साथै भए पनि ६/६ महिनामा फेर्ने प्रवृत्ति समस्याका रुपमा देखिएको उनले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख सुरज पौडेलले ऊर्जा दक्षता भवन निर्माणमा भौगोलिक अवस्थिति, हावापानी आदिलाई ध्यान दिनु जरुरी रहेको बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले परियोजनाअन्तर्गत देशभरका ६० वटा पालिका छनोट भएको र गण्डकीमा १६ वटा पालिकासँग परियोजनाले मिलेर काम गरेको बताए ।

कार्यशालामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठ, विन परियोजनाका सानुबाबु डङ्गोल, उषा मास्के मानन्धर, दिव्या आचार्य, नीति विशेषज्ञ ओम राजोपाध्यायलगायतले ऊर्जा दक्षता, कार्बनको प्रकृतिलगायत विषयमा चर्चा गरेका थिए ।

निर्माण क्षेत्रमा ऊर्जा दक्षताको महत्त्वबारे प्रकाश पार्दै उनीहरूले नेपालमा दिगो निर्माण क्षेत्रलाई अगाडि बढाउन नगरपालिकाले निर्वाह गर्नसक्ने निर्णायक भूमिकालगायतमा प्रकाश पारे । साे अवसरमा परियोजना र पालिकाबीच विन परियोजना सञ्चालन सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।


Read Previous

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

Read Next

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास   

Leave a Reply

Your email address will not be published.