Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
१० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर   

मधेश,बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण, कर्णाली अझै पछाडि


काठमाडौं । देशभरका ९५ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुग्दा ३ वटा प्रदेशमा पूर्ण विद्युतीकरण भएकाे छ । मधेश, बागमती र गण्डकी प्रदेशका सबै नागरिकमा विद्युतको पहुँच पूर्णरूपमा पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणले सबैभन्दा पहिले मधेश प्रदेशमा पूर्ण विद्युतीकरण गर्ने कार्य सम्पन्न गरेको हो । अहिले बागमती र गण्डकी प्रदेशका सबै जिल्लामा पनि सारभूतरूपमा पूर्ण विद्युतीकरण भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनका अनुसार यी प्रदेशमा पूर्ण विद्युतीकरण भइसकेको औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘देशभरमा ९५ प्रतिशत विद्युतीकरण हुँदा ३ वटा प्रदेशका सबै नागरिकमा विद्युत पहुँच पुर्याउन सफल भएका छौं,’ उनले भने, ‘अन्य प्रदेशमा पनि २ वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौं ।

यस्तै, कोसी प्रदेशमा ९५ प्रतिशत विद्युतीकरण भएको छ । यो प्रदेशका तराईका सुगम जिल्ला पूर्ण विद्युतीकरण हुने क्रममा रहेपनि भौगोलिकरूपमा विकट पहाडी तथा हिमाली जिल्लामा विद्युतीकरणको काम केही बाँकी छ ।

यस्तै, लुम्बिनी प्रदेशका ९८ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगेको छ । यो प्रदेशमा पनि सुगम जिल्लामा विद्युतीकरण भइसकेकोमा पहाडी जिल्लामा पूर्ण विद्युतीकरण हुन बाँकी छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ६७ प्रतिशत विद्युतीकरण भएको छ । भौगोलिकरूपमा विकट मानिने कर्णाली प्रदेश विद्युतीय संरचनाको अभावमा विद्युतीकरण हुन नसक्दा सबैभन्दा पछाडि परेको हो ।

प्रदेशका केही जिल्लामा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण प्रणालीको पहुँच पुग्न बाँकी नै छ । प्रसारण तथा वितरण प्रणालीको संरचना निर्माणमा ठूलो लगानी आवश्यक पर्ने हुँदा वैकल्पिक ऊर्जाको स्रोतबाट प्रदेशका दुर्गम जिल्लामा विद्युतीकरण गर्ने सरकारको नीति छ ।

सूदुरपश्चिम प्रदेश प्रदेशमा पनि ८२ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । यो प्रदेशका पहाडी तथा हिमाली भेगमा विद्युतीय पूर्वाधार पुगिनसकेको हुँदा १८ प्रतिशत घरधुरी टुकी तथा अन्य वैकल्पिक ऊर्जाको स्रोतमा निर्भर हुन बाध्य छन् ।

यस्तै, देशभरका ७ सय ५३ स्थानीय तहका कार्यलयमा विद्युत पहुँच पुग्दा ५ सय ५५ वटामा प्राधिकरणको प्रणालीबाट विद्युतीकरण भएको घिसिङले बताए । बाँकी स्थानीय तहका अधिकांश स्थानमा सौर्य ऊर्जा एवं लघु तथा साना जलविद्युत केन्द्रको विद्युत पुर्याइ विद्युतीकरण गरिएको छ ।


Read Previous

एनसेलद्वारा गत आर्थिक वर्षमा सेवा विस्तार र गुणस्तर सुधार गर्दै ३३८ नयाँ मोबाइल टावर जडान

Read Next

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री राष्ट्र बैंक 

Leave a Reply

Your email address will not be published.