Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न


ललितपुर । नेपालको दिगो भविष्यका लागि बलियो नीति निर्माणको महत्वमा विज्ञहरुले जोड दिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले कार्बन तटस्थता र सामाजिक–आर्थिक समृद्धितर्फको मुलुकको यात्राका लागि प्रभावकारी नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलस्रोत मन्त्रालयका पूर्व राज्यमन्त्री डिना उपाध्यायले पहलको प्रशंसा गर्दै बृहत् ऊर्जा बहसको आवश्यकतामा जोड दिइन् । नेपालस्थित नर्वेजियन दूतावासका ऊर्जा र जलवायु काउन्सिलर जन एरिक स्टडस्रोडले सम्भावित प्रविधि हस्तान्तरण र दिगो नवीकरणीय ऊर्जा नीतिहरूमा आफ्नो अन्तरदृष्टि साझा गरे ।

गोष्ठीका सह–अध्यक्ष ब्रिजेश अधिकारी र एसोसिएशनका डीनले अतिथिलाई स्वागत गरे । कार्यक्रममा हितेन्द्रदेव शाक्य, लीला देवी गड्तौला आबिद हुसेन लगायत ऊर्जासँग सम्बन्धित विभिन्न विषयहरूमा बोलेका थिए । ऊर्जा नीति र पूर्वाधार विकाससम्बन्धी प्यानल छलफलमा शिक्षा, उद्योग र ऊर्जा नीतिलगायत विविध पृष्ठभूमिका विज्ञहरू सहभागी थिए ।

सिम्पोजियमका सहअध्यक्ष तथा कुसोलका डीन प्रा. डा. ऋषिकेश वाग्लेले समापन मन्तव्यमा ग्रिडभिल काठमाडौं विश्वविद्यालय, इनर्जी नेपाल, इसिमोड, काठमाडौं विश्वविद्यालय स्कूल अफ ल र सीइटीआरएफको सफल आयोजनाको संयुक्त प्रयासलाई महत्वपूर्ण भएको उल्लेख गरे ।

कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा संक्रमणको लागि महत्वपूर्ण राष्ट्रिय नीति, हस्तक्षेप र स्थानीय र क्षेत्रीय सहयोगको मूल्यांकन गर्न मञ्च प्रदान गरेको थियो । नेपालको दीर्घकालीन रणनीतिसँग मिल्दोजुल्दो दिगो नवीकरणीय ऊर्जा नीति सिफारिसमा योगदान पुर्याउने लक्ष्य राखेर गोष्ठी सम्पन्न भएको थियो ।

उक्त गोष्ठी ग्रिडभिल काठमाडौं युनिभर्सिटी र एनजाइज नेपाल, इसिमोड, काठमाडौं युनिभर्सिटी स्कुल अफ ल र सीइटीआरएफको सहकार्यमा आयोजना गरेको हो ।


Read Previous

सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत

Read Next

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण

Leave a Reply

Your email address will not be published.