Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

ऊर्जाका परियाेजनामा बाणिज्य बैंकहरूको २ खर्ब ६८ अर्ब बढी लगानी


काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियाेजनामा गरेको ऋण लगानी २ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूले गत जेठ मसान्तसम्मको अवधिमा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजना निर्माणमा यति कर्जा प्रवाह गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा गरिएको अघिल्लो आर्थिक वर्ष (२०७९/८०) को समिक्षामा जेठ मसान्तसम्ममा ऊर्जाको क्षेत्रमा प्रवाह भएको कर्जा २ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ पुगिसकेको जनाइएको छ । बाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा जलविद्युत, सौर्य ऊर्जा एवं वैकल्पिक ऊर्जाको क्षेत्रमा लगानी भएको छ ।
राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरूबाट ऊर्जा क्षेत्रमा प्रवाह भएको यो कूल कर्जाको ६.८ प्रतिशत हो । बाणिज्य बैंकहरूले ऊर्जामा गरेको लगानीको ठूलो हिस्सा जलविद्युतमा छ ।

यस्तै, विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्योग एवं ऊर्जा र पर्यटन क्षेत्रमा गरी कूल कर्जाको २४.९ प्रतिशत हुन आउने १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँ रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने पनि राष्ट्र बैंकले नीति लिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा करिब ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिड प्रणालीमा थपिने र गत असार ११ गते थप ३ सय मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्न अनुमति पाइएकाले यो आवमा ९५२ मेगावाट विद्युत निर्यात गरी भारतसँगको व्यापार घाटा कम गरी बाह्य क्षेत्रमा सुधार ल्याउन र आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने मौद्रिक नीतिमा भनिएको छ ।


Read Previous

चालु आवको मौद्रिक नीति सार्वजनिक, आवासीय घरकर्जाको सीमा बढाइयो

Read Next

निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको कार्यक्रम घोषणा, ज्ञापनपत्र बुझाउनेदेखि निर्माण उपकरण प्रदर्शनसम्म

Leave a Reply

Your email address will not be published.