Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

नेपाल मध्यस्थता परिषद् र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र चाइनास्थित ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा सहकार्य गर्नका लागि चाइनाको ग्वान्झाओमा एक कार्यक्रमबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्वान्झाओ आर्विट्रेसन कमिशनद्वारा आयोजना गरिएको कार्यक्रममा नेप्काका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी र ग्वान्झाओ आर्विट्रेसन कमिशनका महानिर्देशक छेन सिमिङले समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा ग्वान्झाओका लागि नेपालका महावाणिज्यदूत हरिशरण पुडासैनीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै महावाणिज्य दूत पुडासैनीले नेपाल मध्यस्थता परिषद् र ग्वान्झाओ आर्विट्रेसन कमिशनबीच भएको यो समझदारीपत्रले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

व्यवसायिक प्रकृतिका विवाद समाधानका लागि नेपालले गरेको प्रयास र यसका उपलब्धीहरुलाई विश्वकै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको ग्वान्झाओ सहरमा रहेको ग्वान्झाओ आर्विट्रेसन कमिशन मार्फत उजागर गर्नु प्रशंसनीय रहेका उनको भनाइ थियो ।

नेप्काको यस कार्यले विदेशका लगानीकर्ताहरुलाई नेपालप्रति आकर्षित गर्न र नेपालमा विदेशी लगाउन भित्र्याउनका निमित्त महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

ग्वान्झाओ आर्विट्रेसन कमिशनका निर्देशक छेन सिमिङले नेपाल मध्यस्थता परिषद्सँग भएको यो समझदारीले अन्तर्राष्ट्रिय मध्यस्थताको विस्तार र सुदृढीकरणका लागि थप बल पुग्ने बताए । दुई देशबीचको आपसी सम्बन्धलाई मजबुत बनाउन समेत यस कार्यले मद्दत पुर्याउने उनको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै नेपाल मध्यस्थता परिषद्का अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मध्यस्थताको निमित्त नेपाल र नेपाल मध्यस्थता परिषद् एक उपयुक्त स्थान हुने र आपसी सहकार्यबाट अन्तर्राष्ट्रिय मध्यस्थताको लागि दुबै संस्थाले मिलेर काम गर्न सक्छ भन्ने धारणा व्यक्त गरे ।

उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल मध्यस्थता परिषद्का महासचिव अधिवक्ता बाबुराम दाहाल, र सचिव अधिवक्ता थानेश्वर काफ्ले, महावाणिज्य दूताबासका वाणिज्य दूत कुञ्जन शाह र ग्वान्झाओ आर्विट्रेसन कमिशनका दो योङयाङ लगायतको उपस्थिति रहेको थियो ।


Read Previous

कालीगण्डकी करिडोर प्रसारण लाइन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

Read Next

दुई सातादेखि मुगुमा विद्युत् सेवा अवरुद्ध हुँदा ५ हजार घरधुरी प्रभावित

Leave a Reply

Your email address will not be published.