Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश


लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्रले जनाएको छ ।

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने, ‘केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक  ३०/४० हजार रूपैयाँभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउदा दुई चार पैसा देख्न पनि मुस्किल हुन थालेको छ । हाम्रो मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हो, पर्यटक आए आम्दानी, नआए समस्या हुने गरेको छ ।’ बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक दुई तीन महिनासम्म नआउँदा व्यवसाय पनि नचल्ने भएकाले निराश हुन परेको उनले बताए ।

अर्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘पर्यटकको आगमन ठप्प भएसँगै आम्दानी पनि ठप्प भएको छ । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनः पर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश हुन थालेको उनको भनाइ थियो ।

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

सन् २०२३ सुरु भएयता हालसम्म यस पदमार्गमा नौ हजार बढी पर्यटकको आगमन भएको एक्याप पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । उनका अनुसार यसअघि फ्रान्स, जर्मनलगायत देशका बढी पर्यटक आएका थिए । बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको उहाँको भनाइ थियो । पर्यटक नआउँदा पर्यटन व्यवसायी मात्र नभइ आफू पनि फुर्सिदिलो बन्न पुगेको पर्यटन सहायक गुरुङले सुनाए । रासस


Read Previous

४४.५ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

Read Next

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा

Leave a Reply

Your email address will not be published.