Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

लाइसेन्सको लागि बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलबाहेक सबै अनलाइनमार्फत


काठमाडौं । संघीय र प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ । सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८० असार २० गतेदेखि परीक्षणको रुपमा लागू गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा अनलाइन प्रणाली कार्यान्वयनको घोषणा गरिएको हो ।

आगामी एक महिना भित्रमा यसलाई देशका सबै प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयहरुमा लागू गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । यसबाट नेपाल सरकारले आर्थिक वर्ष (आव) २०८०/०८१ को नीति तथा कार्यक्रममा व्यक्त गरेको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूणर् रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मकस्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइने यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । ‘देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विधुतीय सेवा प्रवाह प्रणाली (https://applydinew.dotm.gov.np) सञ्चालनमा ल्याएको हो’ उनले भने ।

स्तरोन्नती गरिएको नयाँ विद्युतीय सेवा प्रवाह प्रणालीबाट चाडै नै सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा प्रवाहलाई विद्युतीय माध्यमबाट नागरिकको घर दैलोमा पुग्नेछन् । यस प्रणालीमा सेवाग्राही, चिकित्सक, यातायात व्यवस्था कार्यालय/सेवा कार्यालय, प्रदेश मन्त्रालय, यातायात व्यवस्था विभाग गरी जम्मा ५ ओटा प्रयोगकर्ता (युजर्स) रहेका छन् ।
यसमध्ये सेवाग्राहीले आफ्नो मोबाइल नम्बरका आधारमा प्रणालीमा लगइन गर्न सक्छन भने प्रदेश मन्त्रालयलाई यातायात व्यवस्था विभागले र चिकित्सक तथा यातायात व्यवस्था कार्यालयहरुलाई प्रदेश मन्त्रालयले युजस एकाउण्ट उपलब्ध गराउने व्यवस्था गरिएको छ

वर्ग थप, नविकरण गर्नेलाई उपयोगी

विद्युतीय सेवा प्रवाह प्रणालीमा नयाँ आवेदक, वर्ग थप गर्न चाहने आवेदक, नवीकरण गर्न चाहने आवेदक, पहिले आवेदन गरेका तर परीक्षामा सफल हुन नसकेका आवेदकका लागि अलग अलग ड्यासबोर्ड रहेका छन् । आवेदक प्रणालीलाई गृह मन्त्रालयको नागरिकता व्यवस्थापन सूचना प्रणाली र यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीसँग आवद्ध गरिएकाले नयाँ आवेदकले भने आवेदन फाराममा नागरिकता व्यवस्थापन सूचना प्रणालीबाट र वर्ग थप तथा नवीकरणका लागि आवेदन पेश गर्दा यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीबाट विवरण स्वतः प्राप्त हुने व्यवस्था मिलाइएको छ । यसबाट आवेदन पेश गर्ने कार्य विश्वसनीय हुनेछ ।

अनलाईन राजश्व भुक्तानी सुविधा सहितको विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०’ जारी हुदैछ । यसले विद्युतीय सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्नेछ ।

यस्तो छ विद्युतीय माध्यमबाट लाइसेन्स सेवाको प्रवाह हुने प्रक्रिया

(क) आवेदक लगइन गरी सेवा लिने कार्यालय सेवा लिने चिकित्सक र सेवा लिने मिति छानेर आवेदन पेश गर्दछन् । सो आवेदन चिकित्सककोमा जान्छ । चिकित्सकले स्वास्थ्य परीक्षण गरी अनलाईन माध्यमबाट स्वास्थ्य रिपोर्ट गराउछन् । सेवाग्राहीले यातायात कार्यालयमा गएर जैविक विवरण दिन्छन । आवेदन दर्ता हुन्छ । विद्युतीय माध्यमबाट आवेदन दस्तुर तिर्छन । लिखित परीक्षाको सेडयूल प्राप्त हुन्छ । लिखित परीक्षामा सफल भएका सेवाग्राहीलाई प्रयोगात्मक परीक्षाको सेड्यूल प्राप्त हुन्छ प्रयोगात्मक परीक्षामा सफल भएका उम्मेदवारले विद्युतीय माध्यमबाट राजश्व तिर्छन । निजको सवारी चालक अनुमतिपत्र छपाईका लागि केन्द्रीय प्रणालीमा विवरण प्राप्त हुन्छ । कार्ड छपाई हुन्छ । सो कार्ड यातायात कार्यालयमा पुग्छ । सेवाग्राहीले यातायात कार्यालयबाट कार्ड प्राप्त गर्छन ।

(ख) नयाँ व्यवस्था अनुसार स्वास्थ्य परीक्षण गर्न चिकित्सककोमा, जैविक (बायोमेट्रिक) विवरण दिन यातायात कार्यालयमा र लिखित तथा प्रयोगात्मक परीक्षा दिन परीक्षा केन्द्रमा बाहेक सामान्यतयाः अन्य स्थानमा आवेदकको भौतिक उपस्थिति जरूरी हुने छैन । सवारी चालक अनुमतिपत्र नवीकरण गर्दा स्वास्थ्य परीक्षण गर्न चिकित्सककोमा र बायोमेट्रिक प्रमाणीकर गर्न बाहेक यातायात कार्यालयमा उम्मेदवारको उपस्थिति आवश्यक पर्ने छैन ।

(ग) हालका लागि चिकित्सक सेवा यातायात कार्यालय परिसरमा मात्र उपलब्ध छ तर भविष्यमा प्रदेश मन्त्रालयले सूचीकृत गरेका चिकित्सकले यातायात कार्यालय बाहिर रहेर विभिन्न स्थानबाट सेवा प्रदान गर्न सक्ने गरी सुविधा उपलब्ध हुनेछ । यसका लागि प्रदेशले योग्यता पुगेका चिकित्सकहरुसँग आवेदन माग गरी सूचीकृत गर्ने सक्ने व्यवस्था गरिएको छ ।

(घ) आवेदन स्वीकृत भएको, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा लगायतका सेवाग्राहीले यातायात कार्यालयबाट पाउनुपर्ने सूचनाहरू स्वतः एसएमएसको माध्यमबाट प्राप्त हुने एसएमएस सेवाका लागि सेवाग्राहीले अलग्गै शुल्क तिर्न नपर्ने गरी प्रबन्ध मिलाइएको छ । सो सेवा सुचारु हुन थप केही समय लाग्न सक्छ ।

(ङ) यस प्रणालीको मुख्य विशेषताको रूपमा आवेदकले आवेदन दस्तुर र राजश्व माध्यमबाट बुझाउन सक्ने व्यवस्था रहेको छ । बुझाउनका लागि सेवाग्राहीले कनेक्ट आइपीएस, इसेवा र खल्ती लगायतका चलन चल्तीमा रहेका पेमेण्ट गेटवेहरु प्रयोग गर्न सक्छन ।

अहिले देशभर दैनिक सरदर ६ देखि ७ हजार सेवाग्राहीले सवारीचालक अनुमतिका लागि आवेदन दिने गरेका छन् । सेवाग्राहीको चाप अधिक भएको यातायात कार्यालय/सेवा कार्यालयहरूमा दैनिक सेवा प्रवाहको कोटा निर्धारण गरिएको छ । साविकमा सवारी चालक अनुमतिपत्रका लागि अनलाईन आवेदनको व्यवस्था भए पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सेवाग्राहीले लिखित तथा प्रयोगात्मक परीक्षास्थल बाहेक यातायात कार्यालयमा नै धेरै पटक लाइन बस्नुपर्छ । यसले गर्दा सेवाग्राहीले धेरै समय र मेहनत खर्च गर्नुपरेको छ भने यातायात कार्यालयमा समेत धेरै कर्मचारी खटाउनुपर्ने, कर्मचारी विदामा बस्दा सेवा प्रभावित हुने जस्ता समस्या रहेका छन ्। सवारी चालक अनुमतिपत्र सम्बन्धी काम धेरै शाखा तथा फाँटबाट हुँदा अभिलेख व्यवस्थापन समेत त्यत्तिकै चुनौतिपूणर् रहेको छ ।


Read Previous

अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

Read Next

६ मेगावाटको चौरी खोला निर्माण गर्न कुशल प्रोजेक्ट्स नेपालसँग इपिसी ठेक्का

Leave a Reply

Your email address will not be published.