Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका संरचनालाई मर्मतसम्भार गरी अवरुद्ध सडक सञ्चालन गर्न पूर्वाधार विकास निर्देशन


काठमाडाैं । पूर्वाधार विकास समितिले देशभर बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले बाढीपहिरामा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उद्धार गरी उपचारको प्रबन्ध गर्न र विस्थापित परिवारको गाँस, बासको उचित व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समितिका सभापति लालवीर चौधरीले क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका भौतिक संरचनालाई तत्काल मर्मतसम्भार गरी अवरुद्ध सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए ।

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढी पहिराले मानवीय क्षतिका साथै सडक, पुल, बेलीब्रीज विविध विकास आयोजना र मानव बसोबास क्षेत्रमा ठूलो क्षति भएका सम्बन्धमा समितिले ध्यानाकर्षण प्रकट गरेको हो ।


Read Previous

ठूलो पूर्वाधार परियोजनालाई लगानी भित्राउन र प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव

Read Next

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *