Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भीषण वर्षापछिको बाढीले पाँचथर र संखुवासभाका जलविद्युत आयोजनामा ठूलो क्षति,४ कामदारको मृत्यु, १८ बेपत्ता


काठमाडौं । पूर्वमा असार १ र २ गते आएको भीषण वर्षासँगैको बाढीले पाँचथर र संखुवासभामा सञ्चालित जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बाढीले जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना बढाउँदा काबेली कोरिडोर र संखुवासभामा सञ्चालित १५० मेगावाटका १३ आयोजनामा क्षति पुग्न गएको हो ।

बाढीले अरबाै‌ं रुपैयाँ बराबरकाे क्षति पुर्याएकाे प्रारम्भिक अनुमान छ । पाँचथरको हेवा खोलामा सञ्चालित १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्याएको छ । बाढीले बाँध क्षेत्रका संरचना भत्काएको प्रवर्द्धक पाँचथर पावर कम्पनीका लगानीकर्ता पुष्पज्योति ढुंगालाले बताए । आयोजनाकाे विद्युतगृहमा पनि क्षति पुगेको छ ।

उनका अनुसार आयोजनामा भएको भौतिक क्षतिबाट कति नोक्सानी भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । ‘म भर्खरै स्थलगत अवलोकन गरेर फर्किएको छु,’उनले भने, ‘माथिबाट अवलोकन गर्दा ठूलै क्षति भएको देखिन्छ । कति क्षति भयो भन्नेबारे निरीक्षण गरी अध्ययन गरेपछि मात्रै यकिनरूपमा भन्न सकिनेछ ।’ उनले आयोजनाको पुनर्निर्माण गरी पुनः सञ्चालन गर्न समय लाग्ने पनि बताए ।

हेवा खोलामै निर्माण भएको २२.६ मगावाटको तल्लो हेवा जलविद्युत आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । आयोजनाको बाँध क्षेत्रका संरचना बाढीले बढाएको खबर छ । आयोजनामा कार्यरत २ जना कर्मचारी पनि बाढीमा बगेर बेपत्ता भएको प्रवर्द्धक माउन्टेन हाइड्रो नेपाल लिमिटेडले जनाएको छ । आयोजनाको बाँधका संरचना बगाएपछि अहिले उत्पादन बन्द छ । यो आयोजना पनि पुनर्निर्माण गरी सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।

यस्तै, पाँचथरमै सञ्चालित २५ मेगावाटको काबेली ‘बी’–१, १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड, १० मेगावाटको इवाखोला जलविद्युत आयोजना समेत बाढी बसेका कारण अहिले उत्पादन बन्द भएको जलविद्युत उद्यमी गुरूप्रसाद न्यौपानेले बताए ।

‘कोरिडोरमा सञ्चालित एवं निर्माणाधीन हाम्रा जलविद्युत आयोजनाहरूमा बाढी पसेको छ । पहुँच सडक र पुलहरू पनि बगाएको छ,’ उनले भने, ‘अझै केही दिन उत्पादन बन्द नै रहन्छ । सरसफाई गरेपछि मात्रै कति क्षति भएको हेरेर मर्मत गरी सञ्चालनमा ल्याउन सकिन्छ ।’

अहिले काबेली कोरिडोरका थापाटार र अमरपुर सबस्टेसनमा जोडिएका सबै जलविद्युतगृहको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता एर्व प्रणाली सञ्चालन विभाग प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

‘पाँचथरमा सञ्चालित सबै जलविद्युतगृह कुनै र कुनैरूपमा बाढीले प्रभावित भएको भन्ने खरब आएको छ । कोरिडोरका २ सबस्टेसनमा जोडिएको विद्युत परिमाण शून्य छ । इलामको गोदक सबस्टेसनमा पनि १०० मेगावाट मध्ये ७० मेगावाट मात्रै आइरहेको ५ । ३० मेगावाट प्रणालीबाट बिच्छेद छ’, उनले भने ।

यस्तै, संखुवासभामा सञ्चालनमा आइसकेका हेवा खोला, माथिल्लो हेवाखोला जलविद्युत आयोजना पनि बाढीले क्षतिग्रस्त हुँदा उत्पादन अवरुद्ध भएको छ । बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् ।

निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको १०.३ मेगावाटको डाउन पिलुवा आयोजनाको बाध क्षेत्रमा बाढीले क्षति गरेको प्रवद्र्धक रिभर फल्स पावर कम्पनीले जनाएको छ ।

पिलुवा बेसिनमै निर्माणाधीन अरु आयोजनाको संरचनामा पनि बाढी परेर ठूलो क्षति पुगेको छ । अरुण भ्यालीले निर्माण गरेको ३ मेगावाटको पिलुवाको समेत बाँध क्षेत्रको संरचना बाढीले भत्काएको छ । अहिले यो बेसिनमा सञ्चालित आयोजनाको उत्पादन अवरुद्ध हुन पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुकाे स‌ंस्था,नेपाल (इपान) ले विज्ञप्ती जारी गरी घटनाबारे सरकारकाे ध्यानाकर्षण गराएकाे छ । इपानले विज्ञप्ती जारी गरी वेपत्ता भएका कामदार तथा कर्मचारीकाे खाेजी गर्न पनि अनुराेध गरेकाे छ ।


Read Previous

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

Read Next

प्रसारण लाइन समयमा सम्पन्न नहुँदाको दोष प्राधिकरणलाई मात्रै दिन मिल्दैनः कुलमान

Leave a Reply

Your email address will not be published.