Nepal Purbadhar

इपान निर्वाचनका लागि मल्ल प्यानलको उमेद्वारी घोषणा,अधिकांश पदमा साझा उमेद्वार


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को जेठ ३२ गते हुने निर्वाचनका लागि किरण मल्ल प्यानलले पनि उमेद्वारी घोषणा गरेको छ । अध्यक्ष पदका लागि मल्लले पहिले नै औपचारिकरूपमा उमेद्वारी घोषणा गरिसकेकोमा अन्य पदाधिकारीको उमेद्वारी घोषणा भएको हो ।

मल्ल प्यानलमा गोरे शेर्पा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिश्पर्धामा उत्रिँदै छन् । मल्ल प्यानलमा उमेद्वार बनाइएका अधिकांश नाम गणेश कार्की प्यानलबाट उमेद्वारी दिने तय भइसकेकाहरू छन् ।

मल्ल प्लानलले सार्वजनिक गरेको नामावलीमा उपाध्यक्षहरूमा हिम पाठक, भरत नेपाल, आशिष गर्ग, उत्तम भ्लोन लामा, भरत खत्री, रामप्रसाद आचार्यले प्रतिश्पर्धा गर्ने भनिएको छ । महासचिवमा यसअघि कार्की समूहबाट उमेद्वारी घोषणा गरिसकेका बलराम खतिवडा र उप–महासचिवमा प्रकाश दुलालको नाम छ ।

सचिवमा भरत खड्का, कविता कँडेलको नाम छ । कोषध्याक्षमा यसअघि कार्की प्यानलबाटै उठ्ने घोषणा गरिसकेका नरेन्द्रबल्लभ पन्तको नाम छ ।

सदस्यमा पनि उत्तरकुमार श्रेष्ठ, कदम केसी, दीपक पौडेल, विनोद देवकोटा, हमाकान्त चौलागाईं, विकास श्रेष्ठ, कुवेर नेपाल, श्याम श्रेष्ठ, सीताराम तिम्सिना, मोहन कार्की, टिएन आचार्य, तारा सुब्बा, शंकर बश्याल, अर्जुन बन्धु रेग्मी,इशा श्रेष्ठ, इन्दिरा पन्त, सुमन जोशी र सुशन कर्माचार्यको नाम छ ।

सदस्य पदका उमेद्वार मध्ये अधिकांशको नाम कार्की प्यानलमा पनि आइसकेको छ । मल्ल प्यानलले आइतबार साँझ इपान निर्वाचन र उमेद्वारी घोषणाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ ।


Read Previous

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत

Read Next

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण