Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’


गण्डकी । वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ ।

एकाउन्नाैं विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग अनुकूलित हुँदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै समूहले वन र वातावरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइन् । वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरिन ।

पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फूलहरुको डाँडाका रुपमा परिणत गरी थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालीगुराँसलगायत विभिन्न जातका सात सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको वन समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिइन् ।

त्रिपन्न घरधुरी उपभोक्ता एक सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागी १२ लाख गरि कूल ३२ लाख रूपैयाँको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउने कार्य सुरु भएको उनको भनाइ छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पोखरा–११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङलगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गरे । डिभिजन वन कार्यालय कास्कीबाट निःशुल्करुपमा उपलब्ध गराइएका बिरुवा रोप्ने कार्यक्रममा वन उपभोक्तासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यार्थीको बृहत् सहभागिता थियो ।

अवसरमा डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा–२८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो । उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइञ्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँसरोपण अभियान सुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षरोपण कार्यक्रमको शुभारम्म गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसबाट वातावरणीय तथा कार्बन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गरे ।

सो अवसरमा स्थानीय मुरली बाँसका ५ सयभन्दा बढी बिरुवा रोपिएको थियो । पहिरो क्षेत्रमा अघिल्लो वर्षसमेत बाँस, तेजपातलगायतका विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवामध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए । विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था लगायतले फोहर सङ्कलन एवं व्यवस्थापनसँगै वातावरणसम्बन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए ।


Read Previous

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए

Read Next

शुक्लाफाँटामा खानेपानी समस्या हट्दै, ६ कराेडकाे लागतमा याेजना सम्पन्न हुने चरणमा

Leave a Reply

Your email address will not be published.