Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी


गल्याङ । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् ।

गल्याङ नगरपालिकाको २ करोड १ लाख ९२ हजार ५२३ र सङ्घीय सरकारको २ करोड गरी कुल ४ करोड १ लाख ९२ हजार ५२३  रूपैयाँमा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए । वालिङस्थित निर्माण कम्पनी विकेक एण्ड कुवेर विल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए ।

पौडेलका अनुसार सोही बजेटभित्र २ हजार ५ सय मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, होमपाईप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ ।नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब आठ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए ।

बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका दुध, खसिबोका, गाईभइँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने उनको भनाइ थियो । उनले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए ।

निर्माण कम्पनीका सञ्चालक कुवेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए । स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए । उनले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको बताए ।


Read Previous

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

Read Next

असारदेखि सिड्नीमा उडान गर्ने एनएसीको तयारी, मलेसिया–भैरहवा ११ हजार ४६१ मै उडाउने

Leave a Reply

Your email address will not be published.